नवलपुर
 बजारमा नयाँ मालसामान आएको छ, किनिदिनुस न। 
बिज्ञानले सबथोक बिक्ने बनाएको छ, किनिदिनुस न ।।
 
तपाईं ढुङ्गालाई पैसा चढाउनु हुन्छ ,के धर्म गर्नुहुन्छ । 
मन्दिर अघि गरिबले फुल समाएको छ, किनिदिनुस न ।।
 
रुदै रुदै जन्मेको सन्तान लाई हाँस्न सिकाउने आमाको । 
आज उनकैओठमा मुस्कान हराएको छ, किनिदिनुस न ।।
 
स्वाभिमान किनेर सकियो सिमा पारी बाट कसैले भन्यो । 
बाँकी देश हत्केलामा बेच्न ल्याएको छ, किनिदिनुस न ।।
 
घर जग्गाले पुगेन छोरिलाई न्याय दिलाउन मालिक ।
 नियतिले यो बुढो जवानी पठाएको छ किनिदिनुस न ।। 
 
सरस्वती पन्त रजहर, 
नवलपुर