बुलिङटार
नेपाल शिक्षक संघ बुलिङटार गाउँपालिकाको स्थानीय कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको छ। मिति २०८२/१०/२५ गते सम्पन्न प्रतिनिधि सभाबाट सेतीनाग माध्यमिक विद्यालय अर्खलाका प्रधानाध्यापक खिम बहादुर सुस्लिङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
नवगठित कार्यसमितिमा महिला उपाध्यक्षमा बेलीमाया बकावल र उपाध्यक्षमा महेन्द्र गौतम चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा तेजमान श्रेष्ठ, अर्थ सचिवमा होम बहादुर सारु, सह-सचिवमा कमल प्रसाद पोखरेल, सह-सचिव (महिला) मा वसन्ती लम्साल, सह-सचिव (अर्थ) मा खुमराज सुस्लिङ मगर तथा सह-सचिव (समावेशी) मा चिरन गरंजा मगर र श्रीराम लुंगेली चयन हुनुभएको छ।
संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने उद्देश्यले प्रत्येक वडाबाट प्रतिनिधि सदस्यहरू चयन गरिएको छ। वडा नं. १ बाट दिलकुमार वि.क., वडा नं. २ बाट यम बहादुर थापा, वडा नं. ३ बाट श्रीकृष्ण रानाभाट, वडा नं. ४ बाट भेट बहादुर राना, वडा नं. ५ बाट रुम बहादुर राना तथा वडा नं. ६ बाट गुप्त बहादुर लामिछाने चयन हुनुभएको छ।
महिला सदस्यहरूमा शोभा देवी दिसुवा, ज्योति आले र विमला थापा मगर तथा सदस्यहरूमा रामचन्द्र रानाभाट, अर्पण कुँवर, पदम परियार र मिन बहादुर कुमाल रहनुभएको छ। यसरी संघको २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो। कार्यक्रमका प्रमुख अतिथि शिक्षक महासंघका अध्यक्ष चन्ददेव तिवारी तथा विशेष अतिथि नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण भट्टराई रहनुभएको थियो।
कार्यक्रममा जिल्ला प्रतिनिधि ईन्द्रराज भट्टराई, सचिव जय नारायण सापकोटा लगायत अन्य पदाधिकारी तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शिक्षकहरूको हकहित संरक्षण र शैक्षिक उन्नयनमा सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष खिम बहादुर सुस्लिङ ज्यूले शिक्षकहरूको पेशागत अधिकार, सम्मान र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संघलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल शिक्षक संघ, बुलिङटारको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा आदरणीय खिम बहादुर सुस्लिङ ज्यू लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।