देवचुली
नवलपुरमा रहेको १०३.८ ह्याप्पी एफ एम द्वारा आयोजित पाँचौं संस्करणको घडियाल काव्य उत्सवको पहिलो दिन २ वटा सेसनमा प्यानल छलफल तथा कविता बाचन गरि सकिएको छ ।
-1770819465.jpeg)
पहिलो दिनको पहिलो सेसनमा पत्रकार नबिन पौडेलको सहजिकरणमा जीव, जीवन र जगत शिर्षकमा रही देवचुली नगरपालिकाका वातावरण शाखा अधिकृत अविनाश पन्थी र सप्तगण्डकी क्याम्पसका वातावरण विज्ञानका प्राध्यापक ध्रुव आचार्यको उपस्थितिमा प्यानल छलफल गरिएको थियो ।

यस्तै संरक्षणकर्मी सुधन लम्सालको सहजिकरणमा संचालन भएको दोस्रो सेसनमा "संरक्षणको भविष्यः बाल मस्तिष्क, वृहत् मानसिकता" शिर्षकमा रही डिभिजन वन कार्यालय, नवलपुरका वन अधिकृत सुवास अधिकारी र भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयका प्राधानाध्यापक अग्निधर भुसालद्वय वक्ताको रुपमा रहनुभएको थियो। सोहि क्रममा छलफलमा रहेको विषयमा विज्ञहरूले सहजकर्ताहरूले सोधेका जिज्ञासाहरूलाई प्रस्ट्याउनु भएको थियो।

पहिलो दिनको बिशेष प्रस्तुतिको रुपमा 'बाँसुरी र बाँबरी' रहेको थियो। यस सेसनमा शब्दमा मध्यविन्दु बहुमुखी क्याम्पसका पुजा सुवेदी र बाँसुरीमा जनज्योति माध्यमिक विद्यालयका निलस प्रजाको जुगलबन्दिमा साँगेतिक कविता बाचन गरिएको थियो। उत्सवको पहिलो दिन आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता सँगै डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला , शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ , नारायणी दिब्य धामका अध्यक्ष तिल प्रसाद पाठक , देवचुली प्याब्सनका अध्यक्ष सन्त बहादुर क्षेत्री , विश्वज्योति माविका प्रिन्सिपल डा प्रदिप बास्तोला , नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपाने , प्रहरी उपरीक्षक युवराज खड्का सहित स्थानीय संघ संस्थाका पदाधिकारी लगायतका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
-1770819469.jpeg)
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि अधिकारिले घडियाल संरक्षण सम्बन्धि आफ्नो भनाई राख्नुहुँदै यसको सम्भावना र चुनौतीको बारेमा जानकारी गराउनुहुँदै ह्याप्पी एफएमले आयोजना गरेको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले ह्याप्पी एफएमले घडियाल संरक्षणमा निरन्तर आवाज उठाउने क्रममा काव्य उत्सवको आयोजना गरेको बताउनुहुँदै यस अघि एफएमले सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत विविध कार्यहरू गर्दै आएको बताउनुभएको थियो।
-1770819462.jpeg)
पहिलो दिनको कार्यक्रम एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम देवचुली १ को नारायणी दिब्य धाम नदी किनारमा आयोजना गरिएको छ।
