देवचुली
देवचुली नगरपालिकामा शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रमसहित विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगरपालिकामा संचालित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थी , १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको स्वर्ण पदक बिजेता खेलाडी , कक्षा ५ , ८, १० र १२ को नतिजाको आधारमा उत्कृष्ट बिधालय , विद्यार्थी तथा विषयगत शिक्षकहरुलाई नगद , दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो।
साथै सर्वोत्कृष्ट लेखापाल कर्मचारी, बालविकास सहजकर्ता तथा उत्कृष्ट विद्यालय कर्मचारीलाई समेत सम्मान गरिएको थियो। देवचुली नगरपालिकाका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षता संगै प्रशासकीय अधिकृत अशोक कोइराला , शिक्षा युवा तथा खेलकुद साखाका प्रमुख राम प्रसाद शर्मा , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ , सामाजिक बिकास समितिका संयोजक भुमिसरा आले , सम्पूर्ण वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य , विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक सहित बिधार्थी र पत्रकारहरुको उपस्थिति रहेको थियो। देवचुली नगर बाल संजालका अध्यक्षको स्वागत मन्तब्य रहेको कार्यक्रममा जनज्योति नमुना माविका बिधार्थीहरुको स्वागत गित रहेको थियो।
कार्यक्रममा बोल्ने क्रममा अधिकांश वक्ताहरुले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको मनोबल उच्च बनाउन सहयोग पुग्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताउनुभएको थियो।