बस्नेतले भने, ‘मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।’क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।