नवलपुर
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुरमा ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपा सहित राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायतका दलहरुका उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् ।
नवलपुर क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट बालकृष्ण घिमिरे र गजेन्द्र आले , नेकपा एमालेको तर्फबाट भागीरथ सापकोटा , नेकपाबाट नवलपुर १ मा लोकप्रसाद भुर्तेल, रास्वपाबाट नवलपुर १ मा राजन गौतमले उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार राप्रपाबाट दीपक बस्ताकोटी, श्रम संस्कृति पार्टीबाट भिमचन्द्र गुरुङ र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सौगात महतो, नेकपा (माओवादी) बाट बेलबहादुर सारु , जनता समाजवादी पाटीबाट छविलाल राना मगरले उमेदवारी दिएका छन् ।
जिल्लामा रहेको २ वटा निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्र सहित ३७ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस अन्तर्गत नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र राजनीतिक दलका तर्फबाट १५ जना गरि जम्मा १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा स्वतन्त्र उम्मेदवार ६ जना र राजनीतिक दलका १२ जना गरि जम्मा १८ जनाको उमेदवारी परेको छ ।