देवचुली
देवचुली महोत्सवले भब्य रुपमा आफ्नो दशौँ दिन पुरा सफलतापुर्वक सम्पन्न गरेको छ। यो संगै हरेक दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध समेत पार्दै आएको छ।
यसै क्रममा आज महोत्सवको दशौँ दिन अर्थात् आइतबार राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा चर्चित लोक दोहोरि गायिका रिता थापा , राजन गुरुङ , दिपक खड्का तथा निशा लामाको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

गायिका थापाले ए आमा जाम भन्यो लाहुरेले , सोह्र घरे साइँली , यति बानि सुधार जस्ता गीत गाएकी थिइन् भने गायक थापा र राजन गुरुङको दोहोरीले महोत्सवको माहोल तातिएको थियो यता गायक खड्का र गायिका लामाले समेत आफ्नो प्रस्तुति राखेका थिए। महोत्सव सुरु भए देखि नियमित हुँदै आएको डान्स आइडलका प्रस्तुतिहरू पनि राखिएको थियो भने साङ्गीतिक कार्यक्रमको सञ्चालन दिपक खड्काले गरेका थिए।

देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भूमिसरा आलेले गर्नुभएको थियो।

संस्थाका सचिव जनक आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव तितादेवी न्यौपानेले गर्नुभएको थियो। महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, स्थानिय कृषि उत्पादन लगायतको प्रदर्शनी स्टलहरु समेत रहेको छ ।