भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ५८२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ५१७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
तमिलनाडुमा अहिलेसम्म १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९८ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १३ हजार २६८ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८०२ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार १७० संक्रमित फेला परेका छन् । यो राज्यमा २७२ जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा तीन हजार ३३२ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २६५ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ७३५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १५२ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ५१ हजार ७८४ संक्रमित निको भएर घर फर्किएका छन् ।