एभरेष्ट प्रिमियर लिगको नयाँ संस्करणका लागि यसपटक विदेशी खेलाडीमात्र होइन विदेशी प्रशिक्षक भित्र्याउन सहभागि टिमहरु लागेका छन ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायकेलाई भैरहवा ग्लाडियटर्सले अनुबन्ध गरेको खवर सार्वजनिक भइसकेको अवस्थामा अब चितवन टाइगर्सले पनि विदेशी प्रशिक्षक ल्याउने भएको छ ।
चितवनले अष्ट्रेलियन पूर्व खेलाडी तथा हङकङका पूर्व प्रशिक्षक चाल्र्स बुर्कीलाई अनुबन्ध गर्ने भएको छ । उनलाई इपीएलका लागि ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ ।
चाल्र्सले २०१० मा दुई बर्षका लागि हङकङको महिला तथा पुरुष टिमको प्रशिक्षण सम्हालेका थिए । यसका साथै उनी आइसीसीको इष्ट एशिया प्यासिफिक रिजनको विकाश अधिकृत पनि रहिसकेका छन ।
उनी हङकङको प्रशिक्षक हुँदा यू–१९ पुरुष तथा महिला टिमलाई एसीसी प्रतियोगितामा सेमिफाइनलमा पुर्याएका थिए । उनकै कार्यकालमा हङकङले कुवेतमा भएको एसीसी टी २० प्रतियोगिताको उपाधि जितेको थियो भने पुरुष टिम विश्व क्रिकेट लिग ३ बाट दुईमा पुगेको थियो ।
वेस्र्टन अष्ट्रेलियन क्रिकेट टिमबाट ग्रेड ए प्रतियोगिता खेलेका उनले प्रशिक्षकका रुपमा क्रिकेट अष्ट्रेलियाको लेभल थ्री कोर्ष गरेका छन । हाल उनी वेस्र्टन अष्ट्रेलिया क्रिकेटको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन ।
खेलाडी हुँदा उनी अलराउण्डरको भूमीकामा खेलेका थिए । उनी नेपाल आउने लगभग पक्का जस्तै भएको छ । उनका बारेमा चितवनले केहि दिनमा विज्ञेप्ती जारी गर्नेछ ।
उनी २०१५ मा नेपालमा भएको फिलिप ह्युज ट्रिब्युट खेलमा नेपालमा खेलेका थिए । जसमा उनले ब्याटिङमा रन बनाएका थिएनन् भने बलिङमा १० रन दिएर विकेट लिन सकेका थिएनन् ।