म जिन्दगी खोज्न अमलेट खाएर हिँडे
 बुझेनछु अण्डा भित्रै पनि थियो जिन्दगी
काडाको सुरक्षाले रोकिएन प्रेमको प्यास
 हेर फुलले भमरालाइ सुम्पियो जिन्दगी
मेरो पैसा भन्दै ठेलमठेल गरेर दौडनेहरूको
 मेरो परिवार भन्न नपाउँदै सिद्दियो जिन्दिगी
प्रेम हतियार, प्रेमिका सिकारी र म सिकार
 सोचेँ बडो मुस्किलले जोगियो जिन्दगी
 
बिक्रम ढकाल "अनुराग"
कावासोती