अहिले चार्डपर्वको सिजन छ । चार्डपर्वको अवसरमा एकअर्काले विभिन्न उपहार आदानप्रदानसहित शुभकामना साटासाट गरिरहेका छन् ।
शुभकामनासहितको उपहारमा कोशेली के के होला तपाईं अनुमान गर्नुहोस् । तपाईंले गरेको अनुमान सही नहुनसक्छ । किनकी उपहारका लागि आफूले पाएको सामग्रीको वास्तविकता थाहा पाएर व्यापारी तथा उच्च घरनाका व्यक्ति चकित भएका छन् ।
काठमाडौंको असनमा माछा बेच्दै आएका एक व्यपारीले नाम नखुलाउने सर्तमा भने ‘यहाँ त सिन्धुपाल्चोकको ट्राउडमाछा भन्दै मेरै पसलबाट बेचिएको माछा उपहार आउँदो रहेछ ।’
आफ्नो पसलको नियमित ग्राहकले सिन्धुपाल्चोकबाट आएको ट्राउटमाछा भन्दै ल्याएको माछा आफूले हेर्दा चकित भएको उनले सुनाए । उनी भन्छन्, ‘मसँग अघिल्लो दिन किनेर लगेको माछा भोलिपल्ट मेरै पसलमा आइपुग्यो तर, सिन्धुपाल्चोकको ट्राउट बनेर । माछा उपहार पाएका व्यक्तिलाई यो त मेरो पसलबाट लगेको माछा भन्दा उनी चकित परे ।
यो त माछाको प्रसंग भयो । बाँदर र मृगको अर्को प्रसंगले झन सबैलाई झसंग अनि अचम्मित बनाउँछ । यतिबेला काठमाडौंमा बाँदरको मासुले पनि उपहारको ठूलो हिस्सा बोकेको छ ।
बाँदर मारेर बनाइएको सुकुटीलाई मृगको भन्दै बेचिने तथा उपहार दिइने क्रम पनि बढेको पाइएको छ । झण्डै १० वटा पसलमा मृगको सुकुटी भन्दै पेडाखुमा ल्याइएको मासु मृगको नभई बाँदरको रहेको रहस्य खुलेको छ ।
नुवाकोट घर बताउने एक व्यक्तिले भने अहिले बाँदरको संख्या घट्न थालेको छ कारण बाँदर मरेपछि मृग बन्न थालेको छ ।
काठमाडौंका धेरै ठाउँमा मृगको मासु भन्दै बाँदरको मासु पुग्ने गरेको छ । उनले पहिले पशुपतिनाथ मन्दिर परिसरका बाँदर नुवाकोट पुर्याएको प्रसंग सुनाउँदै भने नुवाकोटमा पनि बाँदर मारिने गरिएको छ । ती मारिएका बाँदरकै सुकुटी बनाएर काठमाडौंका मृगको मासुका सौखिन उच्च घरनामा पुर्याउने गरेको पाइएको छ ।
यसरी पसलबाट लगेको माछालाई ट्राउट भन्दै उपहार दिने अनि बाँदरको सुकुटीलाई मृगको भन्दै ढाँट्नेक्रम कहिलेसम्म होला ?
पशुअधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु पनि यो विषयमा अनभिज्ञ छन् । केही विज्ञसँग काठमाडौंकै बाँदर पनि मार्दै सुकुटी बनाउने गरिँदो रहेछ नि भन्ने जिज्ञासामा उनीहरुले बाँदरको मासु प्रयोग नगरिने गरिएको प्रतिक्रिया दिए ।
तर, सर्वसाधारणले भने यस्ता घटनाको उचित अनुगमन हुनुपर्ने माग गरेका छन् ।