मध्यविन्दु
मध्यविन्दु नगरपालिका–४ स्थित जनता सिद्ध अमर माध्यमिक विद्यालयमा वडास्तरीय बालक्लवको समन्वयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा नगरपालिकाको समन्वयमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत साथी शिक्षकहरूले आफ्ना साथीहरूलाई विद्यालयमै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका राधा बोटेले बताउनुभयो ।

सहजीकरणका क्रममा किशोरी अभियन्ता लक्ष्मा वि.क. ले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, विवाहको उपयुक्त उमेर र बालविवाहका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमबारे चर्चा गरिन्।
त्यस्तै किशोरी अभियन्ता तिरिया महतोले महिला र पुरुषको प्रजनन अंग, प्रजनन स्वास्थ्य चक्र, घरायसी र बजारिया प्याडका फाइदा–बेफाइदा तथा महिनावारीको समयमा ध्यान दिनुपर्ने बिषयमा जानकारी दिइन्।
सहजकर्ताले महिनावारी स्वच्छताको विषयलाई विशेष जोड दिदै महिनावारीका बेला व्यक्तिगत सरसफाइमा ह अ्याडको प्रयोग गर्नुपर्ने, प्रयोगपश्चात सुरक्षित तरिकाले व्यवस्थापन नगरे रोगको जोखिम बढ्ने विषयमा सचेत गराए।

साथै, महिनावारीलाई सामान्य जैविक प्रक्रिया भएकोले यसबारेमा खुला र सकारात्मक संवाद गर्नुपर्ने सन्देशसमेत दिइयको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अधिकृत राधा देवी बोटेले पालिकाका १५ वटै वडाका ३० जना किशोरीलाई विभिन्न तालिम प्रदान गरी विद्यालय र समुदायमा परिचालन भइरहेको उल्लेख गर्दै, किशोरीहरूले आफ्ना साथीलाई सिकाउँदा बुझ्न र आत्मसात गर्न सजिलो हुने भएकाले यस प्रकारका छलफल निरन्तर आवश्यक रहेको बताइन्।
विद्यालय बालक्लव सम्पर्क शिक्षक रामकुमारी थनेतले किशोरीहरूले सिकेका ज्ञानलाई साथी–भाइ र घरपरिवारमा पुर्याइरहेको र यसले विद्यालयमा स्वास्थ्य शिक्षालाई अझ प्रभावकारी बनाएको बताइन्।
-1755700644.jpeg)
किशोरीहरूले खाली समय सदुपयोग गर्दै पढाइलाई असर नपारी साथीलाई सिकाउने अभ्यास निरन्तर भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्ष रितु श्रेष्ठले प्याड प्रयोगपश्चात सुरक्षित व्यवस्थापन नगरेमा रोग फैलन सक्ने खतरा रहने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रमको स्वागत तथा औपचारिक आसन ग्रहण साथी शिक्षक तिरिया महतो, वडास्तरीय बालक्लवकी सचिव रितु श्रेष्ठको अध्यक्षता, विद्यालय बालक्लव सम्पर्क शिक्षक रामकुमारी थनेतको प्रमुख आतिथ्यता तथा सहायक सम्पर्क शिक्षक मिना देवी चौधरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालय र वडास्तरीय बालक्लवका प्रतिनिधि, साथी शिक्षक, बालबालिका, शिक्षकहरु गरि ३१ जनाको सहभागिता रहेको थियो।