मध्यविन्दु
बालिकाहरुको शसक्तिकरण र संरक्षणको लागि समाजमा रहेका सवै सरोकारवालाहरुको सवैको चासो आवश्यक रहेको मध्यविन्दुका सरोकारवालाहरुले बताएका छन् ।
मध्यविन्दु नगरमा आयोजित बालिका अधिकार संरक्षणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ र बालक्लव र लैगिंक फोकल सम्पर्क शिक्षकहरुलाई आयोजित कार्यक्रमका सहभागीहरुले सो बताएका हुन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले मध्यविन्दु नगरमा क्यान्नालनको सहयोगमा किशोरी शसक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको र सो कार्यक्रम अन्तर्गत नगर भित्रको १३ सामुदायिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, बालक्लव र लैगिंक सम्पर्क व्यक्तिहरुको लागि किशोरी अधिकार संरक्षणको बारेमा अभिमुखीकरण गरिएको संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।

कार्यक्रममा बाल अधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको कानुनी सन्दर्भहरु, अन्तर्राष्ट्रिय अभ्यासहरु, गुनासो सुनुवाई सम्बन्धीको व्यवस्था, बालिकाहरुको अवस्थाहरु, संरक्षणका सवालहरु, स्थानीय सरकार, विद्यालय र समुदायले गर्न सकीने कार्यहरुको बारेमा २ दिनसम्म सञ्चालन भएको शर्माले बताउनुभयो ।
बालबालिकाहरु सवैभन्दा बढी समय घरपछी विद्यालयमा हुने र विद्यालयबाट नै धेरै विषयहरु सिक्ने हुँदा विद्यालयहरु हिंसा रहीत, दण्ड रहीत र बालबालिकाहरुको अतिरिक्त क्रियाकलापहरुमा अर्थपूर्ण समावेशी सहभागीताको लागि नीतिगत व्यवस्थाहरु र विद्यालयमा योजनामा समावेश गर्नको लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
ज्ञानोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले विद्यालयहरुको शैक्षिक क्रियाकलापहरु सहीत बालबालिकाहरु र अझै विशेषगरी बालिका लक्षित क्रियाकलापहरु अगाडी लैजान नसकीएको र यसको सही व्यवस्थापनको लागि सवैले चासो राखी कार्य गर्नुपर्ने बताउनुभयो ।
विद्यालय, बालबालिकाहरु र अभिभावकहरु सयुक्त रुपमा बालबालिकाहरुको चौतर्फी विकासको लागि लाग्नुपर्ने र बालबालिकाहरुको सहभागितालाई सुनिश्चित गर्नको लागि समेत कार्यहरु गर्नुपर्ने जनता माध्यमिक विद्यालयको फोकल शिक्षक रश्मी देवकोटा पोख्रेलले बताउनुभयो ।

नगरले शिक्षाको विकासको लागि विभिन्न क्रियाकलापहरु समेत गरीरहेको र विभिन्न संस्थाहरुले गरेका क्रियाकलापहरुले समेत सहयोग पुगेको नगरका शिक्षा महाशाखा प्रमुख पदम आचार्यले बताउनुभयो ।
कार्यक्रमको समापन समारोहमा नगर प्रमुख भिमलाल अधिकारीले नगरले हरेक हिसावले शिक्षाको रुपान्तरण खोजिरहेको र यसको लागि विभिन्न चरणहरुमा फरक फरक कामहरु गरीरहेको बताउनुभयो । साना बालबालिकाहरुको लागि खुसी कार्यक्रम र किशोरी शसक्तिकरण कार्यक्रमले किशोर अवस्थाको र बालबालिकाहरु र युवाको लागि नगरले समेत काम गरीरहेकोले यसको प्रभाव देखीन समय लाग्ने तर सकरात्मक सन्देशहरु देखीन सुरु बताउनुभयो ।
शिक्षाको रुपान्तरणमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुले नेतृत्व लिई बालबालिका र अभिभावकहरुलाई सँगै लिएर हिडनुपर्ने बताउनुभयो ।
कार्यक्रममा १३ सामुदायिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र फोकल शिक्षकहरु गरी ४० भन्दा बढीको सहभागिता रहेको थियो ।
सहभागीहरुबाट ९ बुँदे प्रतिबद्धता समेत गरीएको र सो प्रतिबद्धतालाई पालना गर्ने सम्पूर्ण सहभागीहरुले बताउनुभएको थियो ।
प्रतिबद्धता गरिएको ९ बुँदाहरु यसप्रकार रहेको छ ।
१. विद्यालयमा बालसंरक्षण नीति तयार गर्नेछौ र सो नीतिको आवश्यक सहजीकरण गरी सम्पूर्णबाट हस्ताक्षर गरी सवैले देख्ने गरी विद्यालयमा राख्ने छौं ।
२. विद्यालयमा गुनासो सुनुवाई र उजुरी व्यवस्थापन प्रणाली नीति तयार तथा अभिमुखिकरण गरी अवलम्बन गरिनेछ । बालबालिकाहरुलाई पनि यसको महत्वको बारेमा जानकारी गराई यसको सञ्चालन प्रभावकारी गराईनेछ ।
३. विद्यालयमा साइवर सुरक्षा सम्बन्धि नीति तयार गरी सम्पूर्णलाई अभिमुखिकरण गरी अवलम्बन गरिनेछ ।
४. शिक्षक, विद्यार्थी तथा अभिभावकको लागि आचारसँहीता तयार तथा अभिमुखिकरण गरी अवलम्बन गरिनेछ ।
५. विद्यालयमा बालबालिकाहरुलाई भय तथा हिंसारहीत सिकाइका उपायहरू अवलम्वन गरी शिक्षण सिकाइ गर्ने बाताबरण सृजना गरिनेछ र यसको लागि आवश्यक पर्ने तालिम र क्षमता विकास सञ्चालन गरिनेछ ।
६. खुसी पाठयक्रम, सकारात्मक अनुशासन, सकरात्मक अभिभावकत्वको बारेमा बालबालिकाहरु, अभिभावकहरु र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरिनेछ ।
७. कुनै पनि बालबालिकाहरु र अन्यमा हिंसा तथा दुव्र्यवहारका घटना भएमा सो को उजुरी गर्ने र बालबालिकालाई समेत उजुरी सम्बन्धी संयन्त्रहरूको बारेमा जानकारी दिने गरी उपयुक्त बाताबरण सृजना गरिनेछ । विद्यालयमा लैगिंक फोकल शिक्षकहरुसँग नियमित छलफल गरिनेछ ।
८. विद्यालयमा बाल सहभागिता प्रवर्धन, बालक्लब गठन लगायत विभिन्न सिर्जनात्मक क्रियाकलापहरूमा बालबालिकाको सहभागिताका लागि सहजीकरण अवलम्वन गरिनेछ । यस्ता समितिहरुमा समावेशी रुपमा अपाँँगता भएका बालबालिकाहरु, अल्पसंख्यक, सिमान्तकृत समुदाय, पछाडी पारिएका बालबालिकाहरु र बालिकाहरुको सहभागिता सुनिश्चितता गरीनेछ ।
९. बालबालिका विरुद्व कुनै हिंसा वा दुव्र्यवहार भएमा सो को जानकारी तत्काल वडा कार्यालय, बाल संरक्षण अधिकृत, स्थानीय बाल कल्याण अधिकारी, बाल हेल्पलाईन सेवा १०९८, १०४, १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिनेछ ।