नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्ने बताएका छ्न । नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाको प्रथम साधारणसभाको उदघाटन सत्रमा बोल्दै विष्टले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका विष्टले नेपालको प्रेस स्वतन्त्रता , अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रको रक्षाको लागि पत्रकार महासंघको सबै शक्ति प्रयोग हुने बताए । नेपालको राजनीति घटनाक्रमलाई पत्रकार महासंघले नजिक बाट नियालेको बताउदै महासचिव विष्टले पछाडि फर्किने कुराको पत्रकार महासंघ सधै विपक्षमा रहने बताए । महासचिव विष्टले देशको वर्तमान राजनीतिक घटना क्रमले पत्रकारहरु आफ्नो व्यवसायिक दक्षता र पेशागत क्षमता अभिवृद्धिको काम छोडेर प्राप्त राजनैतिक उपलब्धि जोगाउन तर्फ लाग्नु पर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छ्न ।
यस्तै कार्यक्रम बोल्दै प्रेस युनियनका केन्द्रिय सभापति बद्री सिग्देलले प्रधानमन्त्री केपि ओलिले निर्वाचन गराउन नचाहेको आरोप लगाए । प्रधानमन्त्री ओलिले वैशाख निर्वाचन घोषणा गरेर चुपचाप बसेको र उनिमा निरंकुश तरिकाले शासन चलाउने नियत देखिएको बताउदै सिग्देलले नेपालको प्रेस तोकिएकै समयमा निर्वाचन हुनु पर्ने र राजनैतिक दल जनताबाट ताजा जनादेश लिएर आउनु पर्ने पक्षमा रहेको बताए ।महासंघले नवलपरासी शाखा स्थापनमा महत्वपूर्ण भूमिका खेल्नुभएका संस्थापक सहसचिब बिष्णुदेबी पाण्डे र संस्थापक सल्लाहाकार गोबिन्दराज बिनोदी, २० बर्ष पत्रकारिता गर्नुभएका होमराज रानाभाट, नारायण शर्मा, होमनाथ जैसी, लालकुमार भट्टराई र भुपेन्द्र शर्मा भटटराईलाई सम्मान गरिएको छ । त्यस्तै क्रियाशील पत्रकारिता पुरस्कार पत्रकारहरु रामकुमार श्रेष्ठ, धनु भूषाल र दयाराम आचार्यलाई प्रदान गरिएको छ । सोही अवसरमा प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीले स्थापना गर्नु भएको कृष्णप्रसाद पराजुली स्मृति पत्रकारिता पुरस्कार पत्रकार नविन पौडेललाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका केन्द्रिय सभापति बद्री सिग्देल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु, प्रदेश पदाधिकारी, विभिन्न पेशागत संगठनका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधिहरु सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।