नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८१ पुगेको छ ।
मंसिर २८ सम्मको तथ्याङ्क अनुसार जिल्लामा ११ हजार ४८५ वटा नमुनाको परीक्षण भएको छ । उक्त संख्यामा परीक्षण गर्दा जिल्लामा २ हजार ४ सय ११ जनामा कोरोना कोभिड १९ पुष्टि भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सूस्ता पूर्व गण्डकी प्रदेश नेपालले दिएको जानकारी अनुसार हालसम्म २ हजार २०० सय जना निको भएका छन् । जिल्लामा ३० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित १८१ जनामा १८० जिल्लाभित्र र १ जना जिल्ला वाहिर रहेका छन् ।
संक्रमितको कुल सख्या ८ स्थानीय तहमध्य गैँडाकोटमा धेरै रहेका छन् । ६६७ जनामा कोभिड १९ पुष्टि भएकामध्य ६३४ जना निको भएका छन् । नगरपालिकाका ९ जनाको मृत्यु भएको छ ।
दोस्रोमा कावासोती नगरपालिकाका ६६३ जनामा कोभिड १९ पुष्टि भएकोमा ५३४ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
तेस्रोमा देवचुली नगरपालिकाका ४७९ जनामा कोभिड १९ पुष्टि भएको छ । ४६७ जना निको भएका छन् । ६ जनाको मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिकाका २०९ जनामा कोभिड १९ पुष्टि भएकोमध्ये २०१ जना निको भएका छन् । हालसम्म २ जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाका १८० जनामा कोभिड १९ पुष्टि भएकोमा १७३ जना निको भएका छन् । ३ जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिकाका १०५ जनामा कोभिड १९ पुष्टि भएकोमा ९५ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ । बौदीकालि गाउँपालिकाका ६२ जनामा कोभिड १९ पुष्टि भएको थियो ।
५३ जना निको भएका छन् । बुलिँगटार गाउँपालिकाका ४६ जनामा कोभिड १९ पुष्टि भएको थियो भने ४३ जना निको भएका छन् । बुलिगटार र बौदिकाली गाउँपालिकामा हालसम्म मृत्युदर शुन्य रहेको छ ।