अजय पौडेल / नवलपुर
संबिधानका पिता तथा नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाको ८१ औं जन्म जयन्तीको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कल नवलपुरले पार्टी कार्यालयलाइ फोटो हस्तान्तरण तथा दिप प्रज्ववलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सासंद अोमकला चालिसेले सुशील कोइराला त्यागी र सत्यको पक्षमा अडिग रहने नेता भएको बताउदै उहाको जिवनबाट धेरै सिक्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव बालकृष्ण घिमिरे,बि.पि प्रतिष्ठान नवलपुरका अध्यक्ष तथा नेपाली कांग्रेस नवलपुर जिल्ला कार्यसमिति सल्लाहकार बिष्णु पाण्डे,नेपाली कांग्रेस कावासोती नगर कार्यसमिती सचिव शालिकराम सापकोटा, नेपाल महिला संघ जिल्ला सचिव सरस्वती तिमिल्सिना,नेपाल प्रेश युनियन नवलपृरका अध्यक्ष विरेन्द पराजुली,नेपाल विद्यार्थी संघ पुर्ब केन्द्रीय सदस्य रामचन्द्र भट्टराई,ने .बि संघ नवलपुरका नेताहरु हरी सुबेदी,बिशाल कंडेल,सागर ढकाल, पुस्कर पोखरेल,ब्रिकम कंडेल,सुदिप चापागाईं,कुष्ण कंडेल, जितु खड्का,विशाल पौडेल,नेबिसंघ नेतृ ममता लम्साल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले सुशील कोइराला प्रधानमन्त्री भएको बेला सबै राजनीतिक दलहरुलाइ मिलाएर संबिधान दिएको कुरा स्मरण गर्नुभयो । साथै उहाँको सादगी जिवन र त्यागी जिवन उच्च विचार लगायतका राजनितिक गुणहरू अहिलेका राजनीतिज्ञ हरुले बुझ्नुपर्ने कार्यक्रमका वक्ताहरुले जोड दिनुभयो।। सुशील कोइराला सोसलिस्ट युथ सर्कल नवलपुरका सभापति पवन कार्कीले आफुले सुशील कोइरालाको जिवनी अध्ययन गरेको र सबैले उहाँको जिवनबाट धेरै कुरा अनुसरण गर्नुपर्ने बताउनुभयो । बुबुन परियारले सहजीकरण गर्नुभएको कार्यक्रममा युथ सर्कल नवलपुर नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।