
निरन्तरको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवन र नवलपुर क्षेत्रमा खोलाले खतराको सतह पार गरेको हो।
चितवनको रतुवाखोला र वनकट्टा, कल्याणपुर र नवलपुरको डण्डा क्षेत्रमा पानीको सतह उच्च भएको हो। नारायणी नदी स्थित ४७५ नम्बरको रिउखोला वनकट्टा स्टेशनमा पानीको सतह २४ घण्टामा २ सय १६ मिलिलिटटर पुगेको छ।
यसमा १ सय ४० मिलिलिटरभन्दा माथि पुगेमा खतराको सतह पार गरेको मानिन्छ।
त्यस्तै, डण्डामा १ सय ५६ र कल्याणपुरमा १ सय ४६ पुगेको छ। खतरापूर्ण क्षेत्रमा विभागले सतर्कता अपनाउन र पूर्वतयारीका साथ बस्न सूचित गरेको छ।
देशको महाभारत क्षेत्रको पहाडी भूभाग हुँदै बग्ने कनकाई, कमला, बागमती, पर्व राप्ती, तिनाउ, पश्चिम राप्ती र बबई, मोहना नदी आसपास सर्तकता अपनाउन सूचित गरेको छ।
कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाब बढ्दो क्रममा रहेकाले सतर्कता तह पुग्न सक्ने विभागले पूर्वनुमान गरेको छ।
कमला, बागमती, पश्चिम राप्ती, बबई, कनकाई, कमला, बागमती, तिनाउ, रिउखोला, पूर्वी राप्ती, पश्चिम राप्ती, मोहना, मछेली लगायतका केही सहायक नदीहरूमा बाढी खतरा तहभन्दा माथि पुग्ने पूर्वानुमान छ।
दुई दिनदेखि देशैभर निरन्तर परेको पानीले चितवन, पर्सा, बारा, मकवानपुर, निवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत आसपास आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ।