कावासोती
नवलपुर बुद्धिचाल सङ्घको आयोजनामा जिल्लास्तरीय खुला चेस प्रतियोगिता सम्पन्न भएको छ। कावासोती नगरपालिका र नगर खेलकुद विकास समिति कावासोतीको संयोजनमा प्रतियोगिता माघ १५ र १६ गते गरि दुई दिन सम्म सञ्चालन भएको थियो।
मध्यबिन्दु बहुमुखी क्याम्पसमा सम्पन्न भएको जिल्लास्तरीय प्रतियोगितामा सुजन काफ्ले, कृष्णप्रसाद तिबारी र सुगम भट्टराई क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् भने यता विद्यालय स्तरिय प्रतियोगितामा शुभ भन्डारी, शिशिर बस्ताकोटि , यज्ञ अधिकारी र अनुराग बि. क. ले क्रमश प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा खुल्ला तर्फ प्रथमलाई रु १० हजार द्वितीयलाई रु ७ हजार र तृतीयलाई रु ५ हजार तथा बिधालय तहमा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुन सफल प्रतियोगीलाई क्रमश रु ५ हजार , ३ हजार , २ हजार र १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो।

जिल्ला बुद्धिचाल संघका अध्यक्ष हिमलाल चापागाईंको अध्यक्षता संगै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता सहित मध्यबिन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेशमान गिरि, काबासोती नगर खेलकुद बिकास समितीका अध्यक्ष धुब खनाल (दिपेश), नवलपुर बुद्धिचाल सघका सस्थापक अध्यक्ष कुस्माखर काफ्ले, पुर्ब अध्यक्ष बाबुराम पोख्रेल लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो।