कावासोती
नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय , युवा तथा साना व्यवसायी स्वराजगार काषको सचिवालयले नवलपुर जिल्लामा सहकारीहरु मार्फत विनाधितो लगानी गरिएका स्वरोजगार उधमी व्यवसायीहरु र सहकारी संस्थाहरुको मंगलबार अनुगमन गरेको छ ।
नवलपुर जिल्लाका देवचुली ,कावासोती ,मध्यविन्दु र हुप्सेकोट गाउपालीकामा रहेको १० वटा सहकारीले पहिलो चरणमा यस क्षेत्रका ११८ जना युवा व्यवसायीलाई ५० हजार देखी २ लाख रुपैयासम्म लगानी गरेको युवा तथा साना व्यवसायी स्वराजगार कोष कर्जा असूली समितिका नवलपुरका सदस्य सचिव प्रितम भुजेल ले जानकारी दिनु भयो । नवलपुर क्षेत्रमा यस भन्दा अघिल्लो चरणमा पनि ९८१ जनालाई सहकारी सहकारी मार्फत १४करोड ७६ लाख लगानी गरेको स्दस्य सचिव भुजेल ले बताउनु भयो ।

अनुगमनका क्रममा सहकारीले कृषी, पशुपालन होटल,सेवामूलक व्यवसाय ,होमस्टे मा पनि लगानी गरेको पाईको छ । यस्तै लक्षित वर्गमा स्वरोजगारकोषको लगानी गरिएको पाइएको छ । अनुगमनकै क्रममा स्वरोजगार उधमीहरुले स्वरोजगार कोष मार्फत व्यवसाय प्रर्वद्धन गरेकाले स्वरोजगार कोषको रकमबाट उद्यम बन्न प्ररित भएको धारणा राखेका थिए । कोषको रकमबाट आफूहरू धेरै लाभान्बित भएको भन्दै सहकारी र नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
युवा स्वरोजगारबाट रकम निकाली व्यवसायमा लगानी गरेका व्यवसायीले लगानी रकम बढाउनु पर्ने र समयमै व्याज अनुदान फिर्ता दिनु पर्ने र बिमा दाबी प्रकृयालाई सहज र तत्काल प्रप्तीका लागी कोषले पहलकदमी अघीबढाउनु पर्ने माग गरेका छन् । अनुगमनमा युवा तथा साना व्यवसायी स्वराजगार कोष कर्जा असूली समितिका नवलपुरका सदस्य सचिव प्रितम भुजेल ,कोष सचिवालयका असुली शाखा प्रमुख कस्मिक बुढा ,अनुगमन अधिकृत राजेस के .सी सहित सहकारीका प्रतिनिधि ,पत्रकार, लगाएतको सहभागिता रहेको थियो ।

आज कावासोति ८ स्थित कावासोति बहुउद्धेश्यीय सहकारी सं लि र नवज्योति महिला बचत तथा ऋण सहकारी सं लि बाट सुरु गरिएको अनुगमन पौष -८ गते सम्म जिल्लाका विभिन्न स्थानियतहमा जारिरहने छ ।
स्वरोजगार कोष मार्फत हालसम्म नवलपरासीमा रहेको दर्जनौ बैंक तथा वित्तिय संस्था साथै ३७ वटा सहकारीबाट थोक कर्जा पहिलो , दोश्रोर तेस्रो चरणमा गरी करिब दुईहजार को हाराहारीमा युवाहरुलाई स्वरोजगार उधम संचालनका लागि प्रर्वद्धन गरेको सदस्य सचिव प्रितम भुजेलले जानकारी दिनु भयो