कावासोती
रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा बायो–केमेस्ट्री एनालाइजर (Fully Automated Bio–Chemistry Analyzer Machine) हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष कृष्ण प्रसाद आर्यालको अध्यक्षतामा एवं नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा मध्यविन्दु प्रादेशिक अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरे, मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रमेश प्रसाद आचार्य,रोटरी क्लब अफ नवलपुर कावासोतीका चार्टर प्रेसिडेन्ट दुर्गा रिजाल,निवर्तमान अध्यक्ष अर्जुन सापकोटा लगायतको उपस्थिति रहेको थियो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले रोटरी क्लबले स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आधुनिक उपकरणले सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष कृष्ण प्रसाद आर्यालले समुदायको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यका साथ क्लबले विभिन्न मानवीय सेवामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो। उहाँले हस्तान्तरण गरिएको उपकरणले अस्पतालको प्रयोगशाला सेवामा थप प्रभावकारिता ल्याउने बताउनुभयो।
यस्तै कार्यक्रममा बोल्दै मध्यविन्दु प्रादेशिक अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले रोटरी क्लबप्रति आभार व्यक्त गर्दै उक्त बायो–केमेस्ट्री एनालाइजर ले रोग पहिचानमा सटीकता बढाई उपचार प्रक्रियालाई सहज बनाउने बताउनुभयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश प्रसाद आचार्यले थप नयाँ उपकरण जडानसँगै बायो–केमिस्ट्री सम्बन्धी परीक्षणहरू छिटो, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न सकिने भन्दै यसले अस्पतालको समग्र सेवा स्तर उकास्ने धारणा राख्नुभयो।
संस्थाका सचिव राधिका भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी, रोटरीका पदाधिकारी एवं सदस्य, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।