शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले जिल्लाभित्र रहेका माध्यमिक तह स्तरीय प्रधानाध्यापकहरूको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विश्वज्योति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले विद्यार्थीहरूको शिक्षण सिकाइलाई वृद्धि गर्न विद्यालयहरू समयसापेक्ष परिस्कृत हुँदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले नवलपुर जिल्लाको शिक्षाको अवस्था सन्तोषजनक भएपनि अझै केही कुराहरु सुधार गर्नुपर्ने बताउनुभयो।
-1764776280.jpeg)

-1764776281.jpeg)
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ मा ४ जीपीए ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरिएको थियो। सो अवसरमा ४ जीपीए ल्याउने नवजागरण माध्यमिक विद्यालय चोरमारा, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय गिरुबारी, विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगर, जनता माध्यमिक विद्यालय हर्कपुर, जनज्योति नमुना माध्यमिक विद्यालय देवचुली, ज्ञानोदय माध्यमिक विद्यालय कावासोती, ब्लु स्टार इङ्लिस बोर्डिङ स्कुल दुम्कीबास, मुनलाइट आदर्श पब्लिक एकेडेमी दलदले र भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय रामबासलाई सम्मान गरिएको थियो। यसैगरी उत्कृष्ट नतिजा दिने सामुदायिक विद्यालयतर्फ नवजागरण माध्यमिक विद्यालय चोरमारा, सरस्वती संस्कृत माध्यमिक विद्यालयका कावासोती र जनता माध्यमिक विद्यालय डण्डा र संस्थागत विद्यालयतर्फ सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका कावासोती, गैंडाकोट इङ्लिस स्कुल गैंडाकोट, र विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगरलाई सम्मान गरिएको थियो। जिल्लास्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी र सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
-1764776281.jpeg)
-1764776283.jpeg)
कार्यक्रममा जिल्लास्थित उत्कृष्ट विद्यालयले असल अभ्यास सिकाई आदानप्रदान गरेका थिए। कार्यक्रममा देवचुली नगरपालिकाका दुई विद्यालयले आफ्ना अनुभव सुनाएका थिए। सो अवसरमा भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय र विश्वज्योति माध्यमिक विद्यालयले विद्यालयका सबल पक्ष, गरेका असल प्रयासहरु र विद्यार्थी, अभिभावक र शिक्षकको शिक्षा विकास सूचाङ्कलाई विद्यालयका प्रधानाध्यापकबीच साझा गरेका थिए। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले समन्वय इकाइका गतिविधि र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा जिल्लास्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयका विभिन्न समस्याका बारेमा समन्वय इकाइ प्रमुखलाई जिज्ञासा राख्नुभएको थियो । प्रधानाध्यापकहरूका जिज्ञासालाई समन्वय इकाई प्रमुख श्रेष्ठले सम्बोधन गर्नुभएको थियो।
-1764776278.jpeg)
-1764776278.jpeg)
विश्वज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेको जिल्लास्तरीय प्रधानाध्यापकहरूको बैठकको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई नवलपुरकी परीक्षा शाखा प्रमुख सन्तोषी भण्डारीले गर्नुभएको थियो।