अर्घाखाँची, भदौ १०
सन्धिखर्क नगरपालिका– ५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको अरिंगालको टोकाइबाट ज्यान गएको छ । स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगइ नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए । बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गर्नुभएको थियो । त्यसपछि बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । म्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताएको थियो । आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो ।