रामकुमार श्रेष्ठ,नवलपरासी
पूर्वी नवलपरासीमा विहीबार ३१ जना नयाँ संक्रमित भेटिएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अनुसार नवलपुरमा मध्यविन्दु नगरापलिकाका १७ जना पुरुष, गैडाकोट नगरपालिकाका १ जना पुरुष, हुप्सेकोट गाउँपालिकाका ९ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ४ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको हो । यो संगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएका हुन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार उनीहरु भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई, हैदरावादबाट आएका रहेका छन् ।
मध्यविन्दु नगरपालिकाको मध्यविन्दु ६ मा १ जना ४५ बर्षीय पुरुष, मध्यविन्दु ७ मा २१ र ४० बर्षका गरी २ जना पुरुष, मध्यविन्दु ८ मा २३ बर्षीय एक जना पुरुषमा, मध्यविन्दु ९ मा २३ बर्षीय एक जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी मध्यविन्दु १३ मा ३०, ३५, १८, २५, ३४, २५, १९, १७, ३९, ३२, ४३ र २० बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुलाई विहीबार विहान नै रजहरको प्राकृतिक चिकित्सालय रजहरमा उपचारको लागि लगिएको पोख्रेलले जनाए । उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।
त्यसैगरी हुप्सेकोट गाउँपालिकाको २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
विनयी त्रिवेणीको २३, २६, ३१ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि पठाउने तयारी भएको छ ।