नवलपुर,
नेपाल भ्रमण बर्षलाई सफल बनाउने उद्देश्यले पूर्वी नवलपरासीको कावासोतीमा विहिबारदेखि छैठौं नवलपुर महोत्सब शुरु भएको छ। नेपाल उद्योग वाण्ज्यि महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर अफ कर्मसका उपाध्यक्ष चण्डीराज ढकालले कार्यक्रमको समुद्घाटन गर्नु भएको हो ।



कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार भन्ने नाराको साथ नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न यो महोत्सब सफल हुने नवलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष डाँसुराज पोखरेलले बताउनुभयो । स्थानीय तथा राष्ट्रिय रुपमा उत्पादन भएका वस्तुहरुको कलात्मक प्रदर्शन गरि आयआर्जनमा जोड दिन, नवलपुरका विभिन्न क्षेत्र उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रर्बद्धन गर्न , नवलपुरको मौलिक लोक संस्कृति भेषभषाको प्रचारप्रसार तथा प्रर्बद्धन गर्न, नवलपुर क्षेत्रमा लगानी भित्रयाउने लगाएतका उद्देश्यहरुका साथ महोत्सवको आयोजना गरिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष पोखरेलले बताउनुभयो ।


माघ १९ गते सम्म संचालित महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी र समूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडियल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान लगाएतका कार्यक्रम रहने बताइएको छ ।

आयोजकले महोत्सवबाट एक करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ । महोत्सबमा पाँच करोडको कारोबार हुने आयोजकले जनाएका छन् । कार्यक्रम शुभारम्भ हुनु भन्दा अगाडि कावासोतीको फलफुल चोक देखि महोत्सव स्थल सम्म बाजागाजा सहित विभिन्न जातजातिका भेषभुषा संगै शोभा यात्रा निकालिएको थियो । आफ्नो जातिगत र विभिन्न संघसंस्थाका व्यानर झाँकी सहित शोभा यात्रा निकालिएको
हो।