नवलपुर,
जिल्लाका पर्यटकीय गन्तव्यलाई पहिचान गरि नेपाल भ्रमण बर्षलाई सफल बनाउने उद्देश्यले पुर्बी नवलपरासीको कावासोतीमा छैठौं नवलपुर महोत्सब हुने भएको छ ।
आर्थिक बिकास संग सगै यस क्षेत्रको समृद्धिमा टेवा परुर्याउने उद्देश्यलेृ पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेबाट १९ गते सम्म छैठौं नवलपुर महोत्सव आयोजना हुने भएको गरिएको नवलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष डाँसुराज पोखरेलले बताउनुभयो । कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार भन्ने नाराको साथ नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न यो महोत्सब सफल हुने अध्यक्ष पोखरेलले बताउनुभयो ।
सो महोत्सवमा स्थानीय स्तरमा भएका कृषि, पर्यटन, उद्योग ब्यापार र साँस्कृतिक पहिचानलाई प्रर्बद्धन गर्ने उदेश्यका साथ महोत्सव गर्न लागिएको नवलपुर उद्योग बाणिज्य संघका महासचिब बैकुण्ठ अर्यालले बताउनुभयो ।
स्थानीय तथा राष्ट्रियरुपमा उत्पादन भएका वस्तुहरुको कलात्मक प्रदर्शन गरि आयआर्जनमा जोड दिन, नवलपुरका विभिन्न क्षेत्र उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रर्बद्धन गर्न , नवलपुरको मौलिक लोक संस्कृति भेषभषाको प्रचारप्रसार तथा प्रर्बद्धन गर्न, नवलपुर क्षेत्रमा लगानी भित्रयाउने लगाएतका उद्देश्यहरुका साथ महोत्सवको आयोजना गरिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष पोखरेलले बताउनुभयो ।
यसै गरि नवलपुरको पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला, अदुवा, तरुल, अमृसो जस्ता कृषि उत्पादनको प्रचारप्रसार व्यावसायिक उत्पादनमा महोत्सवले जोड दिने बताईएको छ । महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी र समूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडियल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान लगाएतका कार्यक्रम रहने पुर्ब अध्यक्ष ओमप्रसाद पौडेलले बताउनुभयो ।
महोत्सव सफल पार्नका लागी नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेलको संयोजकत्वमा मूल समिति र अन्य १८ वटा उप समिति समेत गठन भैसकेको संघका महासचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
महोत्सवमा दुई सय ५० वटा ब्यापारीक स्टलका साथै कृषि, शैक्षिक, सुचना र सामाजिक क्षेत्रका २५ वटा गरी दुई सय ७५ वटा स्टल रहने जनाईएको छ । आयोजकले महोत्सवबाट एक करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ । महोत्सबमा पाँच करोडको कारोबार हुने आयोजकले जनाएका छन् ।