किरण भुर्तेल
चिसोले देशभरको जनजीवन कस्टकर बनेको छ । चिसोकै कारण मानिसहरु अत्यबश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन् । तर कावासोती नगरपालिका वडा न २ स्थित जिल्ला प्रहरी कार्यालय ठिक अगाडि रहेको प्रतिक्षालयमा केहि नागरिक हरु लामो समयदेखि अस्तब्यस्त अवस्थामा रहेका छ्न् । उनिहरु खुला आकाशमुनी रात कटाउन बाध्य छन् ।
चिसो बढिरहदा अन्य नागरिकहरु बाक्लो लुगा लगाएर बसिरहदा ,जाडो भएर कतिपय मान्छे बाहिर निस्किन पनि नसक्दा यि परिचय पनि राम्रो सित खुल्न नसकेका नेपाली नागरिकहरु नेपाली चिसोमा कावासोती नगरपालिकाको मुटु थानाचोकमा काम्दै बस्न बाध्य छन् । यिनिहरु कहिले आफु आफुनै झगडा गरेको देखिन्छ,कहिले सडकमै सुतेर यातायात अवरुद्घ पारिरहेका हुन्छन् ,हुँदा हुँदा कतिपय अवस्थामा खुल्ला रुपमा यौन कार्यमा सम्लग्न हुने गरेको नजिकै रहेका स्थानीयहरुले बताउछ्न् ।
सरकारले सुखी नेपाली समृद्द नेपालको नारा जोडतोडले घन्काइरहदा यि नागरिक हरु भने न त स्थानीय निकाय हरुको नजरमा पर्न सके न त कुनै संघ सस्थाको नजरमा परेका छन् । गाँस(बासको कुनै ठेगान नभएक यि मान्छेहरु आफ्नो जिवननै हत्केलामा राखेर मृत्यु पर्खिरहेको आभाष हुन्छ। यो देखिसकेपछि यस बारेमा हामिले कावासोती नगरपालिकाका उपप्रमुखलाइ जानकरी गराइयो ,समाधानको लागी पहल गर्ने आश्वासन आयो तर सुनुवाइ भएन। ठिक अगाडि रहेको जिल्ला प्रहरी कार्यालयको प्रमुखलाइ जानकारी गराइयो कुनै ठोस कदम प्रहरीले चाल्ने छाटकाट देखिएन।
देशैभरि विभिन्न स्थानीय तहहरुले प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सहयोगी संघ सस्था हरुको सहकार्यमा सहयोगापेक्षी सडक मानव रहित क्षेत्र बनाउने अभियान चलिरहेको बेलामा कावासोती नगरपालिका र जिल्ला प्रहरी कार्यालयको यो रबैया कति मानवीय होलारु चुनावको बेलामा जनताको हरेक समस्या हरु समाधान गर्ने ,नमुना नगर, नमुना देश बनाउने लगाएतका अनगिन्ती सपनाहरू बाड्ने जनप्रतिनिधि हरु यस्ता संबेदनसशिल बिषयहरुमा मौन बस्नु कति जायज हुनसक्छरु यस्ता प्रश्नहरुले हामी र हामिले बनाउन खोजेको समाज कुन दिशा तिर जादैछ एउटा गम्भीर प्रश्न मनमा उठिरहेको छ।
आशा गरौ नगरपालिकाले आफ्नो दायित्व बोध गर्ला,प्रहरीले पनि आफ्नो गेट अगाडी दिनहु भैरहेको यो मानविय चेतहत्याको घटनामा मौन नबस्ला र कुनै पनि मान्छे बेबारिसे अबस्थामा रहेर ज्याननै गुमाउनु पर्ने अबस्था सिर्जना नहोला । सबैको जय होस् ।