देवचुली
देवचुली महोत्सवमा आज बिहिबार १४ औं दिन चर्चित लोक दोहोरि गायिका कला लम्सालले आफ्नो प्रस्तुति राख्दै माहोल तताएकि थिइन्। हरेक दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध पार्दै आएकोमा आज गायिका लम्साल संगै गायक डोलराज न्यौपाने , लालुमाया कुँवर र प्रतिमा सापकोटा लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

आज बिशेष गरि सिन्धुली बाजाका कलाकारहरुको प्रस्तुतिले माहोल अरु दिन भन्दा पृथक भएको थियो। गायिका लम्साल ले अन्ति लभर , मायाको झल्को छ ,बन्दीपुरे माइलो जस्ता गित गाएकी थिइन्।
आजको औपचारिक कार्यक्रममा भने देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले गर्नुभएको थियो। संस्थाका बरिष्ठ उपाध्यक्ष बिनोद सिलवालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव तितादेवी न्यौपानेले गर्नुभएको थियो।

महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, स्थानिय कृषि उत्पादन लगायतको प्रदर्शनी स्टलहरु समेत रहेको छ ।
