कावासोती,
१५१औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय कावासोतीले एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट कर्मचारी तथा सेवा निवृत्त पूर्व हुलाक कर्मचारीहरूलाई सम्मान गरेको छ।
निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खरिदार विष्णु प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्दै हुलाक सेवाको निरन्तर सुधार र सेवा प्रवाहमा सबैको सक्रिय सहभागिताको आवश्यकता रहेको बताएका थिए।
समारोहमा विगत वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा खरिदार विष्णु प्रसाद न्यौपाने, खरिदार झबिन्द्र फूल्देल,हल्कारा इश्वरी प्रसाद महतो, हुलाक प्रतिनिधि खेम बहादुर खन्गाहा, डाँक बाहक तारा कुमाल र पत्र वितरक दिल कुमारी महतो लगायतका कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

सोहि अवसरमा बिगत लामो समयदेखि हुलाक सेवामा योगदान पुर्याई सेवा मुक्त भएका पूर्व हुलाक कर्मचारीहरू गोपाल महतो, बाबुराम थनेत, प्रेम बहादुर बराल, इश्वरी प्रसाद खनाल र भीम प्रसाद घर्ती लगायतलाई पनि विशेष सम्मान गरिएको थियो।
कर्मचारी, स्थानीय सरोकारवालाहरू र आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण खरिदार यावल किमार खाम्चाले गरेका थिए।