नवलपुर
डिभिजन वन कार्यालय नवलपुरले वन डढेलो सम्बन्धी प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ। कावासोतीमा एक कार्यक्रमको आयोजना गरी मिडियासँग वन नाम दिएर वन कार्यालयले नवलपुरका पत्रकारहरूलाई प्रस्तुतिकरण मार्फत वन डढेलो सम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/432231504_949196906782175_1719394369869765542_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=rNRfuibQojwAX80bkpT&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdSDH7y83MBRVGQVcRBuXG5Q_tDDsr_XfLCPH1j2ma3eZw&oe=661D0892)
नेपाल सरकारको तथ्याङ्क अनुसार वन डढेलोको जोखिमले नवलपुर जिल्ला १६ औं स्थानमा रहेको र इसिमोडको २०१७ को तथ्याङ्क अनुसार वन डढेलोको उच्च जोखिममा रहेका १३ जिल्लाभित्र पर्ने नवलपुर जिल्लामा वर्षेनी डढेलोका घटनाहरू बढिरहेकाले डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले प्रस्तुतिकरण मार्फत सम्बन्धित सबैलाई डढेलो लाग्न नदिन आग्रह गर्नुभएको छ।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/432113192_5654435011347092_5010885677846953743_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=5A7loIZxYkQAX8a43bt&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdTcj2zQqIaQDUMWq2eA3gHctIESDFbaA43gnv9_A0amQA&oe=661D2704)
नेपालमा विगत १० वर्षभित्र ५०८ वटा आगलागीका घटनाहरू भएको भन्दै त्यसबाट १ हजार १ सय ४५ हेक्टर वन क्षेत्रमा आगलागी भएको प्रमुख अधिकारले बताउनुभयो। आगलागीका घटनाहरू मध्ये ६० प्रतिशत घटनाहरू मानवले जानीजानी लगाउने भएकाले यस सम्बन्धी सचेतनाको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/431979890_832500152250459_3359450583074115994_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=nrkJcN1J7vIAX8o7UEg&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdRh6GF3mA5n1IVMokYzAafcHh-VNlha1Hmbhru8JKiK_Q&oe=661D1240)
वनमा डढेलो लागेपछि जैविक विविधताको नास हुने, वन पैदावार र वनमा आश्रित जीवजन्तुहरूको क्षति हुने साथसाथै वातावरणीय अनुकूलतामा पनि ह्रास आउने भएकाले वन डढेलो रोक्नुपर्ने उहाँको भनाइ छ। सामुदायिक वनहरुले फायर लाइन निर्माण गरी डढेलो रोकथाम गरेपनि हरेक समुदाय स्तरमा डढेलो लगाउनु हुँदैन भन्ने चेतनाको अभाव भएको भन्दै उहाँले समुदायका हरेक व्यक्ति सचेत बन्नुपर्ने बताउनुभयो ।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/432162809_3373627582929115_7711727167936346990_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=ETu5zfJQwsQAX_7ED58&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdQ5iUWHq0Kpcz2zSCRa5yXrOYWAYVKd0E7F3STTW0JkrQ&oe=661D255E)
वन डढेलोको अवस्थामा न्यूनीकरण गर्नका लागि वन कार्यालय मात्रै नभई सामुदायिक वन लगायत विभिन्न प्रकृतिका वनहरुका पदाधिकारी र सरोकारवाला सम्पूर्ण जागरुक बन्नुपर्ने अधिकारीको भनाइ छ। उहाँले वन डढेलो रोकथामको लागि वन कार्यालयले विभिन्न सचेतनाका कार्यक्रमहरू मिडिया मार्फत् प्रचारप्रसार र रोकथामका उपायहरू अपनाइरहेको भन्दै आगामी दिनमा वनमा लाग्ने डढेलो कम गर्नुपर्ने बताउनुभयो।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/431945400_784434279731229_4271223629173810164_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=pDEZMcXPX40AX_ZUhws&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdTwA-XVWByxuPqyGtFTxYq1TLfkUsi8NphAPtNvSNzbfw&oe=661D199D)
सरकारले हरेक वर्ष चैत्र १ गतेबाट ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउने गरेको छ। सोही कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय नवलपुरले नवलपुरका पत्रकारहरूसँग प्रस्तुतिकरण मार्फत् छलफल गरेको हो। कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले गर्नुभएको थियो।