देवचुली,
नवलपुरका संघीय सांसद प्रा.डा.शशांक कोइरालाको बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिएको छ । नवलपुरको देवचुलीमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरका लागि देवचुली नगरपालिकाको ४ वटा स्थानको जग्गा अनुगमन गरिएको छ । देवचुली नगरपालिकाले सिफारिस गरि पठाएको वडा नं १३ को बौलाहा खोला किनारको जग्गा, वडा नं १५ को लोकाहा खोला किनारको जग्गा, वडा नं १६ को मुकुण्डे खोला किनारको जग्गा र वडा नं १७ को झराही खोला किनारको जग्गा अनुगमन गरिएको हो । ![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/336976921_228319673032470_4870630349876238731_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=NgAMwcJOJdMAX8Y3FlR&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdTlmeKGrjYnohbvmPhgGm7p8HziKCN3mR4kpjsOTHFPeA&oe=64462DA7)
![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/337056184_155112197474309_8985060828894886519_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=110&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=XZm_xWUJfVkAX9BN43o&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdRfE1D4n90BjkHefDgAqpyw1Sycy3dA_gHb87cYTSTFeQ&oe=64463145)
![Nishan](https://www.hernepati.com/uploads/bigyaapan/30949800.gif)
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका उप–सचिव एव्म योजना महाशाखा प्रमुख लिला पौडेल, सहरी विकास मन्त्रालय, भवन विभागको स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख परिक्षित कडरिया, भवन विभाग भरतपुर महाशाखा कार्यान्वयन ईकाई प्रमुख प्रकाश अर्याल, भवन विभागका ईन्जिनियर सनिन कर्माचार्य, नवलपुर १ का प्रदेश सांसद महेन्द्रध्वज जि.सी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, नगर प्रवक्ता तिल प्रसाद काफ्ले, वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा, १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती, १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेल, १३ का वडाध्यक्ष एकदेव पौडेल, १४ का वडाध्यक्ष गोपाल थापा, १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, १६ का वडाध्यक्ष केशवराज गौतम र १७ का वडाध्यक्ष गणेश शर्मा चालिसे (दिपक) लगायत प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसाल र विभिन्न राजनैतिक व्यक्तिहरुको उपस्थितिमा जग्गाको अनुगमन गरिएको हो ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/334881678_557280449872123_5488391946613701652_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Pq1CRYDBtAMAX-K9aH0&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdTEaIAK1LeaAwVT6VOHJGQMjdJWarM4-xWLwB6LqFOskw&oe=644634D9)
अनुगमन टोलीले झराही खोला किनारको करिब ४५ विगाहा जग्गा, मुकुण्डे खोला किनारका करिब डेढ विगाहा जग्गा, बौलाहा खोला किनारको राजमार्ग उत्तर ३ विगाहा र दक्षिण ९ विगाहा जग्गा र लोकाहा खोला किनारको करिब ४ विगाहा जग्गाको भौगोलिक अवस्थिति, क्षेत्रफल र जग्गाको प्रकारका विषयमा सम्बन्धित वडाका स्थानीयसँग समेत छलफल गरेको थियो । अनुगमन पछि वडा नं १३, १५ र १७ का वडाध्यक्षहरुले आफ्ना धारणा व्यक्त गरेका थिए ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/334906097_1091215612281666_256644234489355521_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=q-BXbgLyopkAX96TiW7&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdTwfLn82H5v2XsFWiguZhJEvDA4iqtSnzkoYV1kAX9ODQ&oe=64462DC2)
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले ट्रमा सेन्टर देवचुली नगरपालिकाको जुनसुकै वडामा बनेपनि ट्रमा सेन्टर निर्माणका लागि नगरपालिका तहबाट हरेक किसिमको साथ सहयोग रहने बताउनुभयो ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/336622996_911314683520238_5868826532290090600_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=VJlM79-QWTwAX_Od-0Z&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdSrBwB0edKP78hBgd8--EdcCoJXYKdepJbMmiZ1v2mQtg&oe=644626B9)
नवलपुर जिल्लाको मध्यभाग तथा सहजताका हिसावले ट्रमा सेन्टर निर्माणका लागि जिल्लाको अन्यत्र ठाउँ पनि उपयुक्त रहेको भएपनि मन्त्रिपरिषद्को निर्णय अनुसार देवचुलीमा निर्माण गर्ने भनिएकाले ट्रमा सेन्टर छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाई छ ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/337163477_754798859572164_7861219907095712428_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=101&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=JkMfuUd1toIAX9TNghs&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdQ46ft-y8TP6yczuUaGVM6zGfkM-L2DwkYh37L9rFsWbw&oe=64463E6C)
नवलपुरबाट ४ पटकसम्म चुनाव जितेका संघीय सांसद कोइरालाले ट्रमा सेन्टरका बारेमा बोलेको १५ बर्षपछि बल्ल काम अगाडि बढेकोमा अब कुनैपनि बहानामा काम रोकिन नहुने बताउँदै प्रदेश सांसद जि.सीले ठाउँको विवादमा नअल्झिकन काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/334905247_731692111756683_1664814199662127279_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=uFYGPHk85ZMAX_UXNPk&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdSeYNEZt2dv-jJAeldXdQMzJ-Q4KfpIKrww4411k8H22w&oe=64464CDF)
नगरपालिकाले सिफारिस गरेको ४ ठाउँ मध्ये सबैभन्दा उपयुक्त ठाउँ कुन हो भनि अनुगमनको लागि आएको बताउँदै स्वास्थ्य मन्त्रालयका उप–सचिवले अनुगमन टोलीले प्राविधिक अध्ययन गरि सहि ठाउँ छनोट गर्ने बताउनुभयो । उहाँले ट्रमा सेन्टर निर्माणको लागि सामाजिक अभियान्ता देवचुलीका स्थानीय देवराज लामिछानेले पहल कदमी गरेको बताउँदै अनुगमनमा आएको बताउनुभयो ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/334903057_3764519657108388_3390068483202682225_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=JiZdonmSPsMAX9OLpZf&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdSokyDyDSaaMC8e4LE05iL1Y_celF3hWY4exR0X6188Sw&oe=64463628)
भवन विभागका परिक्षित कडरियाले राजनितिक वा कुनैपनि प्रभावबाट ट्रमा सेन्टर निर्माणका लागि ठाउँ छनोट प्रभावित नहुने बताउँदै स्वास्थ्य मन्त्रालय, भवन विभाग र दुईवटा संस्थाको ४ वटै प्रतिवेदन अनुसार नै ट्रमा सेन्टरको स्थान यकिन हुने बताउनुभयो ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/337372162_221852487086035_5347152603476811671_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=w55_R1THlW4AX8Cv7hQ&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdT7r3MeRPiYBxAAWZhHtx0wbJcMnMA8u54TwgE9noc8QQ&oe=644649C2)
नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माणको लागि आर्थिक बर्ष २०७९–०८० को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम निर्माणको कामलाई अघि बढाइएको हो । सरकारले नवलपुरको देवचुली सहित रुपन्देहीको सैनामैना, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङ्गको बेल्खुमा ट्रमा सेन्टर निर्माण गर्ने जनाएको थियो । देवचुलीमा निर्माण गरिने ट्रमा सेन्टरको लागि देवचुली नगरपालिकाले गत फाल्गुन २५ गते ४ स्थानको जग्गा पहिचान गरि निर्माण प्रक्रियालाई अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो । नगरपालिकाको आग्रह बमोजिम मन्त्रालयले गत चैत्र ५ गते सचिव स्तरको बैठकबाट अनुगमनका लागि निर्णय गरेको थियो । बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिन थालेपछि देवचुलीवासीमा खुशी छाएको छ । ट्रमा सेन्टर निर्माण पछि देवचुलीवासी मात्रै नभई सम्पूर्ण नवलपुरवासी लाभान्वित हुने सरोकारवालाहरुको अपेक्षा छ ।![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/334892663_788281935529676_7549285209850673567_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=102&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=APe7k0velkkAX_LcpMG&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdSCDrB9D4HBg6FKvXF28KeAPewuE0o1K53VaQY1B20wjQ&oe=644632B7)
![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/337070500_970690527212007_5397930498767948165_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=NLHiHqtAjwIAX83I-Ua&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AdTd-AW8gqzn-xqtg8R2H81UzSrfBWcY54tDZg7poRNQPw&oe=64464C43)