कानुनको कुहिरो
न कानुन प्रष्ट छ,
न प्रशासनका हाकिमहरू आफैँ प्रष्ट छन्।
नेपालमा आज:
बीस हजार अधिवक्ता छन्,
चार दर्जन अभिवक्ता छन्,
चार सय न्यायाधीश छन्,
एक जना प्रधानन्यायाधीश छन्।
तर
भएको एउटो कानुन पनि,
जनताका लागि प्रष्ट छैन।
शासनको हतियार बनेको,
त्यहीँ अस्पष्ट कानुनको कुहिरोमा,
जनताको घाँटीमा कसिएको,
अव्यवस्थित प्रशासनको चेपुवामा,
हामी निसास्सिरहेका छौँ।
कतै आफैँ मरिरहेका छौँ,
कतै अरूबाट मारिँईरहेका छौँ,
कतै अरूलाई मर्न र मार्न बाध्य बनाइरहेका छौँ।
यहाँ
न दोषी डराउँछ,
न निर्दोष सुरक्षित छ,
न्याय शब्द त बाँकी छ,
तर
न्यायको अनुहार हराइसकेको छ।
लौ न प्रभु!
केही चमत्कार त गर।
कतै तिमी पनि,
अचानो त बनेनौ,
हाम्रा प्रधानमन्त्रीजस्तै?
-दिपावली शर्मा
देवचुली-१७ नवलपुर