देवचुली
युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा घुमाउरी पिकनिक स्पटको खेलमैदानमा भलिबल प्रतियोगिता सुरु भएको छ।
सोही अन्तर्गत आइतबार सम्पन्न ६ वटा खेल बाट बुलिङ्गटार , झाँक्रे , शंखदेव , जुगेपानी , भागर र मुढाबासले जित निकाल्दै आर्को चरणमा प्रवेश गरेको युवा तथा खेलकुद विकास समिति देवचुली ९ का सदस्य सोमान सिङ रानाले जानकारी दिएका छन्।
पौष १५ को अवसर पारि आयोजना गरिएको ३१ औं वडा स्तरीय खुला पुरुष भलिबल र सातौँ महिला भलिबल प्रतियोगिता २०८२ मा पुरुष समुहको खेल सुरु भएको हो। युवा तथा खेलकुद विकास समिति देवचुली ९ कृष्ण बहादुर आलेका अनुसार आगामी पौष १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा क्रमश प्रथम , द्वितीय र तृतीय हुने पुरुष समुहले नगद ५० हजार , ३० हजार र १५ हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।
यस्तै महिला तर्फ क्रमश प्रथम , द्वितीय र तृतीय हुने समुहले नगद २० हजार , १० हजार र ५ हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ देवचुली ९ को वडा कार्यालयको सहकार्य तथा युवा तथा खेलकुद विकास समिति देवचुलीको समन्वयमा उक्त प्रतियोगितालाई आयोजना गरिएको हो।