देवचुली
देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पौष २५ देखि माघ ९ गतेसम्म हुन लागेको महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागी दैनिक छलफल तथा अन्तरक्रियाहरू भइरहेको छ।

सोही क्रममा आज आइतबार देवचुली नगरपालिका वडा न ५ मा सङ्घका बरिष्ठ उपाध्यक्ष बिनोद सिलवालको सहजीकरणमा सोहि वडाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा छलफल गरिएको थियो।

यस्तै वडा न १५ र १०मा सङ्घका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता रहेको थियो भने बसन्त पोखरेलले सहजीकरण गरेका थिए।

यता देवचुली ७ र ८ मा भने सङ्घका महासचिव तिला न्यौपानेको सहजीकरणमा महोत्सव बिशेष छलफल गरिएको थियो।

छलफलमा उक्त वडाका विभिन्न आमा समूह , टोल बिकास संस्था , अन्य संघ संस्था , स्थानिय बुद्धिजीवी लगायतका व्यक्तिहरुको उपस्थितिमा विशेष छलफल भएको छ।

आज भएको कार्यक्रममा विशेषत छैटौँ देवचुली महोत्सवलाई सफल बनाउनको लागी भएको छलफलमा उपस्थित सम्पूर्णले महोत्सवको उद्घाटनमा ब्यानर तथा बाजा गाजा सहित सहित उपस्थित भइ अन्य दिनमा समेत सरिक हुने प्रतिवद्धता जनाएको उद्योग वाणिज्य सङ्घ देवचुलीका अध्यक्ष सत्य नारायण भुसालले जानकारी दिएका छन्।

देवचुलीको सानको रुपमा रहेको छैटौँ देवचुली महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नको लागी यसको लागी आवश्यक तयारीलाई तीब्र रुपमा अगाडि बढाउन चरणवद्ध रुपमा विभिन्न सरोकारवाला निकाय तथा संघ संस्थाहरु सँग दैनीक छलफल तथा अन्तरक्रिया गरिरहेको आयोजकले जानकारी दिएको छ।

