डी.आर.क्षेत्री,कावासोती
कावासोती नगरपालिका मा २ वर्ष पहिला स्थापना भएकाे वन तथा वातावरण संरक्षण संस्था नवलपुर द्वारा चालू आर्थिक वर्षमा गरिएकाे विभिन्न कार्यहरुकाे आज अनुगमन गरिएकाे छ ।
वातावरण संरक्षण र सम्वर्धन सङ्गै जिविकाेपार्जनमा विशेष ध्यान दिनुपर्ने मुल मान्यता राख्दै स्थापना भएकाे यश संस्थाकाे कार्य अनुगमनकाे क्रममा कावाशाेति नगरपालिका वडा नं १५ मा रहेकाे महिला समुहद्वारा सञ्चालनमा अाएकाे थारु सांस्कृतिक अतिथि गृहमा भए गरेका विभिन्न याेजनाहरुकाे अनुगमन गरीएकाे छ ।
यस आ.व. मा अतिथि गृहमा सात लाख छ हजार रकम वाट कम्युटर , प्रिन्टर , ईन्टरनेट जडान , साेलार प्यानल जडान , जिप्सन वाेर्ड फिटिङ्स , भाैतिक पुर्वाधार तर्फ भने संस्थागत विकाश का लागि नेचर गाईड , कुकिङ , हस्पिटालिटि तालिम सञ्चालन गरिएको जानकारि संस्थाका अध्यक्ष राम प्राद पाण्डेले जानकारि दिनुभएको थियाे ।
अनुगमनकाे क्रममा वाेल्दै सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला नवलपरासी का अध्यक्ष ठाकुर पाण्डेले जिल्लामा कार्यरत विभिन्न संघ संस्थाहरुले एकमुष्ट लगानि गर्दा प्रतिफल आउने कुरामा जाेड दिनुभएको थियाे त्यस्तै जिल्ला समन्वय समितिका उप प्रमुख सारदा विश्वकर्माले प्रकृति संरक्षणकाे लागि जलाधार क्षेत्रकाे संरक्षण गर्नुपर्ने र त्यसका लागि सामुदायिक वनहरुकाे संरक्षणमा उपभोक्ताहरु एक मतका साथ लाग्नुपर्ने र राज्य ले गर्नुपर्ने कामहरु एउटा संस्थाले गरेकाे र मुलुकले बाेकेकाे सुखि नेपाली समृद्ध नेपालकाे नारालाई यस संस्थाले टेवा पुर्याएकाेमा संस्था प्रति आँफु कृतज्ञ भएकाे र आगामी दिनहरुमा पनि सहकार्य गरेर अगाडि वढ्ने भनाई राख्नुभएको थियाे ।
जिल्ला स्थित विभिन्न सामुदायिक वनहरुमा चालिस वटा समुदायमा अाधारित चाेरि सिकार नियन्त्रणमा युवा जागरण समिति (सिविएपियु ) समिति निर्माण गरि करिव छ सय युवाहरलाई प्रत्येक्ष रुपमा संरक्षणमा जाेडेकाे र जसकाे फलस्वरूप जैविक विविधता संरक्षण , चाेरि सिकार न्युनिकरण भएकाे वताउनुहुन्छ सामाजिक परिचालक मधु पाेख्रेल ।
संस्थाकि लेखापाल सवु पाठकका अनुसार याे अा व मा डव्लुडव्लुएफ , हरियाे वन कार्यक्रम चाल वाट १८लाख ६१ हजार रकम अाएकाे मा उक्त रकम वाट ४७ वटा सिविएपियु परिचालन , पुन्रताजगि वैठक , सञ्चार , गस्ति खाजा खर्च नवलपुर जिल्ला भित्र विभिन्न स्थानमा सडक नाटक त्यस्तै आयआर्जन घुम्ति काेष लगायतका विषयहरुमा रकम विनियाेजन गरि खर्च गरिएको जानकारि दिनुभयाे ।
अनुगमनमा जिल्ला समन्वय समितिका उप प्रमुख सारदा विश्वकर्मा , समन्वय समिति कै सदस्य वन तथा वातावरण प्रमुख बद्रि सापकोटा , डिभिजन वन कार्यालयका शाखा अधिकृत देवि प्रसाद पाैडेल , फेकाेफन अध्यक्ष ठाकुर पाण्डे , विभिन्न मध्यवर्ती उपभोक्ता समिति का अध्यक्ष हरु , वडाका अध्यक्ष र एफईसिएन का पदाधिकारी , लेखा समिति आदिकाे सहभागिता रहेकाे थियाे ।