देवचुली
देवचुली जेसीजद्वारा आयोजित ११ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम देवचुली पार्टी प्यालेस देवचुली १३, दलदलेमा सम्पन्न भएको हो।
समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता सँगै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा देवचुलीका लागि निरूपित राष्ट्रिय उपाध्यक्ष, छिमेकी शाखा गैडाकोट, रजहर, नवलपुर तथा नारायणगढ जेसीजका पूर्व अध्यक्ष, अध्यक्षहरू तथा कार्यसमिति सदस्यहरुको साथमा देवचुलीका विभिन्न वडाका वडा अध्यक्षहरूको विशिष्ट आतिथ्यता रहेको थियो। ढुण्डिराज केसीकाे नेतृत्वमा रहेका बर्ष २०२५ ले बर्ष २०२६ को लागी जेसी जीवन भुषाललाई पद हस्तान्तरण गरिएकाे हाे ।
बर्ष २०२६ को लागी अध्यक्षमा जीवन भुसाल , कार्यकारिणी उपाध्यक्षमा नरेन्द्र भण्डारी र भारत पुलामी , कानुनी सल्लाहकारमा केशव भण्डारी , महासचिवमा पुष्प राज लामिछाने , कोषाध्यक्षमा सुरज बस्याल , उपाध्यक्षमा राज न्यौपाने , प्रकास श्रेष्ठ , कृष वाग्ले , डोल राज महतो , सचिवमा दिपक पोख्रेल , सह कोषाध्यक्षमा विजय नेपाली लगायतका रहेका छन्।
कार्यक्रममा निवर्तमान अध्यक्षले आफ्नो कार्यकालका उपलब्धिहरूको जानकारी दिएका थिए भने नयाँ नेतृत्वलाई सफलता र समृद्धिको शुभकामना व्यक्त गरेका थिए। देवचुली जेसीजले यस क्षेत्रका युवाहरुको नेतृत्व, क्षमता विकास, सामाजिक सेवा कार्यक्रम तथा सामुदायिक सशक्तीकरण जस्ता महत्वपूर्ण क्षेत्रमा कामहरू सञ्चालन गरिरहेको छ। सो अवसरमा नयाँ वर्ष २०२६ का लागि देवचुली जेसीजको बोर्ड अफ डिरेक्टर्स का सदस्यहरूको समेत घोषणा गरिएको थियो।