नवलपुर
नेपाल शिक्षक महासंघ देवचुली नगरसमितिको गठन प्रक्रिया सम्पन्न भएपछि समितिको ऐतिहासिक पहिलो घोषणा सभा तथा बधाई ज्ञापन कार्यक्रम आज बुधबार सहारा पार्टी प्यालेस, दलदलेमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षतामा तथा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा देवचुली नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घोषणा सभामा नगरसमितिको नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिएको थियो। नयाँ कार्यसमिति हेरा बहादुर केसिको नेतृत्वमा गठन भएको थियाे । जसमा केसी सहित सह अध्यक्षमा कुल प्रसाद पौडेल , उपाध्यक्षमा रुद्र प्रसाद शर्मा , सचिवमा सोम सुबेदी , सह सचिवमा रमेश राज पौडेल , संस्थागत सह सचिव सोम नारायण काफ्ले र डिल प्रसाद भुसाल सहित अन्य विभिन्न बिधालयबाट सदस्यहरु रहेका छन्।
कार्यक्रममा पदाधिकारी तथा सदस्यहरूलाई आजै सपथ ग्रहण पनि गराईएकाे थियाे । साथै नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले शिक्षकहरूको पेशागत हकहित, गुणस्तरीय शिक्षा र विद्यालय सुधारमा शिक्षक महासंघको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले शिक्षकहरूसँग सहकार्य गर्दै शैक्षिक उन्नयनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
वक्ताहरूले शिक्षकहरूको हकहित संरक्षण, संगठनात्मक एकता, पेशागत सम्मान तथा शैक्षिक गुणस्तर सुधारमा महासंघले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रम छोटो, छरितो र व्यवस्थित ढंगले सम्पन्न भएको भन्दै सहभागीहरूले आयोजक समितिको प्रशंसा गरेका छन्। नवगठित देवचुली नगरसमितिले आगामी दिनमा शिक्षकहरूको साझा समस्या समाधान, तालिम, क्षमता विकास तथा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्दता व्यक्त भएका थिए । गठित कार्यसमितिमा बिधालय तहमा कार्यरत सबै खाले शिक्षक र कर्मचारीहरुकाे सहभागीता रहेकाे छ ।