कावासाेती, असाेज–२५,
पुष्पाञ्जली टोल विकास संस्थाले शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् भने ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा—अण्डा, हर्लेक्स र खाद्यान्न सामग्री प्रदान गरी सम्मान गरिएको हो । साथै, कार्यक्रमका १३ जना सहयोगीलाई सम्मानपत्रले सम्मान गरिएको संस्थाका अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो ।

कावासोती नगरपालिका–५ को समन्वय र नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा रक्तदान र सम्मान कार्यक्रम आयोजना गरेको बताइएको छ । अध्यक्ष थापाका अनुसार ग्रामीण क्षेत्रको टोल भए पनि सबैको एकता र सहकार्यले कार्यक्रम सफल भएको हो । “साना संस्थाले पनि इच्छा र आट गरेमा ठूला काम गर्न सकिन्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको छ,” उहाँले भन्नुभयो ।
-1760260008.jpeg)
कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष निरज पुनले पुष्पाञ्जली टोल विकास संस्थाले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै गाउँ–टोलको विकासमा निरन्तर योगदान दिन आग्रह गर्नुभयो । उहाँले वडास्तरमा हुने यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई वडाले सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
-1760260008.jpeg)
अध्यक्ष हेमराज थापाको अध्यक्षता तथा वडाध्यक्ष निरज पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पार्वती भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू, पूर्व अध्यक्ष पूर्णबहादुर भुजेल, शैक्षिक तथा सामाजिक व्यक्तित्व भोजराज दाहाल, रमेश अधिकारी, मीन लामा, अगुवा युवा भेषराज गाहा, समाजसेवी भेषबहादुर गाहा लगायत स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।