नारायण शर्मा, नवलपुर
मंगलवार शुरु भएको जेन जी आन्दोलनलाई नैतिक सर्मथन गरेका नेपाली कांग्रेसका प्रभावशाली तिन नेताले पार्टी छोडेका छन् ।
कांग्रेस पूर्वी नवलपरासीका महाधिबेशन प्रतिनिधि, कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य एवं प्रभावशाली युवा नेता सुरज गुरुंग, नेविसंघ केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख बिजय महतो र नेविसंघका जिल्ला सदस्य सुदिप चापागाईले पार्टी छोडेको घोषणा गरेका हुन ।
नेपालको कमचारीसंयन्त्र र माथिल्लो तहका सबै दलका नेताहरुमा समान पहुचको छवि बनाएका गुंरुग कांग्रेसका प्रभावशाली युवा नेता मानिन्छन । उनले सोमवार एक स्टाटस लेखेर कांग्रेस छोडेको घोषणा गरेका हुन । राजनिति र समाजसेवामा आफनो छुटटै पहिचान बनाउन सफ गुरुंगले पार्टी छोडेको घोषणा गरेपछि कांग्रेसमा खैलाबैला भएको छ ।
उनिहरुले सामाजिक संजालमा स्टाटस लेख्दै पार्टी र नेविसंघ छोडेको घोषणा गरेका हुन ।
कावासोती स्थित कुमारवर्ति बहुमुखि क्याम्पस स्वबियूका पूर्व सभापति सुदिप चापागाई र नेविसंघका केन्द्रिय सदस्य बिजय महतोले नेविसंघ छोडेको घोषणा गरेका छन । महतो नेविसंघको प्रचार बिभागका प्रमुख समेत हुन । उनले मंगलवार सामाजिक संजाल मार्फत नेविसंघ र कांग्रेसका कारण देश संकटमा पुगेको स्थिती आफनै अगाडि देख्दादेख्दै त्यस्तो संस्थामा बस्न सकिन भनेर लेखेका छन । कांग्रेसका बृद्धनेताहरुको पाप आफुहरुले बोक्न नसक्ने भन्दै फेसबुकमा असुन्तुष्टि पोखेका छन । उनले सबैले नेविसंघ छोडन पर्ने अडान राखेका छन ।
उता प्रभावशाली बिद्यार्थी नेता चापागाई बुधवार बिहान आफनो सामाजिक संजालमा छोटो स्टाटस लेख्दै नेविसंघ छोडेको घोषणा गरेका छन ।
उनिहरु तिन जना नै मंगलवार शुरु भएको जेन जी सम्बद्ध युवाहरुको आन्दोलनमा सर्मथन गरेका प्रभावशालि नेता हुन ।