देवचुली,
विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोक र देवचुली नगरपालिकाको संयुक्त आयोजनामा देवचुलीमा शारीरिक अपाङ्गता परीक्षण सम्बन्धि घुम्ती शिविर संचालन गरिएको छ । अाइतबार देवचुली नगर अस्पताल दुम्कौलीमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर संचालन गरिएको हो ।![No description available.](https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/437922511_305130129135489_7811737734907710142_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=107&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=n6qHCeSt2LwAb6t4aWm&_nc_ht=scontent.fpkr1-1.fna&oh=03_Q7cD1QHwFvzagFx8HNNN1SmBep1OOfrWGYPNaFcYuWryPi8Glg&oe=664C354F)
शिविरमा देवचुली नगरपालिका भित्रका ७० जना शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुकाे चेकजाँच गरिएको छ । जसमा ५ जनालाइ रिफर, १ जनालाइ ह्विलचियर, १ जनालाइ वाकर, २ जनालाइ बैसाखी, १० वटा कृतम सहायक सामाग्री नाँपजाँच गरिएकाे छ । देवचुली नगरपालिकामा पहिलो पटक यस किसिमको शिविर संचालन गरिएको छ । विशेषगरि देवचुलीमा रहेका शारीरिक अपाङ्गता भएका १८ बर्षभन्दा मुनिका बालबालिकामा समयमा चेकजाँच गर्दा उनीहरुमा केही परिवर्तन आउनसक्ने हुँदा पनि यस किसिमको निःशुल्क शिविर संचालन गरिएको देवचुली नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले जानकारी दिनुभयो । ![No description available.](https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/434943820_450687907426055_532305672984054735_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=110&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=Y9Ml2a-5EOIAb456kLD&_nc_ht=scontent.fpkr1-1.fna&oh=03_Q7cD1QF4AdErpvpsY582LPVcoMuFID3blFGF8Z1Rb2O8FuLkVg&oe=664C2A43)
विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाले विगत ४० वर्ष देखि १८ बर्षसम्मका शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाको उपचारमा संलग्न रहेको छ । उक्त संस्थाले देशका विभिन्न जिल्लामा पुगेर अपाङ्गता भएका व्यक्तिहरुको चेकजाँच गरि औषधि साथै उपचार पनि गराउने गरिरहेको छ ।![No description available.](https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/438196266_950362363079072_4707035827324437605_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=104&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=O7UJfVeczC4Ab5TyDHm&_nc_oc=AdjIX0WEIQXU9hEEs7Vnhy2bmL_3AqOgGDmKunsDRgdy-qqCM2p0F8Dg8Mn3_Cb4Alw&_nc_ht=scontent.fpkr1-1.fna&oh=03_Q7cD1QFLYSX1_xlZOYnpJIyk2ysR6LTL5rB6Ev9fcBzPk3FFMQ&oe=664C39DC)
सोही अवसरमा नवलपुरको देवचुलीमा पनि घुम्ती शिविर संचालन गरेको छ । ८ जनाको टिमले परामर्शा गरिरहेका छन् । ४० बर्षको अवधिमा १ लाख ४० हजार बालबालिकाको सफल उपचार गरेको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका लेकनाथ आचार्यले बताउनुभयो । ![No description available.](https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/434945810_1155329445649986_8136432002595912196_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=108&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=cIGw-hnAvA4Ab4Zxdz-&_nc_ht=scontent.fpkr1-1.fna&oh=03_Q7cD1QEvm2r3cZO6LTeVe2GWDg46-LRo47XQmWJ5Op5Dp_CiiQ&oe=664C47C1)
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, नगर अस्पताल दुम्कौलीका अध्यक्ष चित्रबहादुर वि.क, देवचुली नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर के.सी, वडा नं ३ का वडाध्यक्ष होमनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । ![No description available.](https://scontent.fpkr1-1.fna.fbcdn.net/v/t1.15752-9/437944633_1391580728160704_107563268605051108_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=102&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=dwrXXziDLx8Ab7qhWuS&_nc_ht=scontent.fpkr1-1.fna&oh=03_Q7cD1QENQXL5iJah7h2-U8259g_USAuQThi76NBPcuIBSpUtnA&oe=664C3123)