देवचुली,
नवलपुरको देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक आइ.एस.ओ अवार्ड प्राप्त गरेको छ । भीमसेनले शैक्षिक गुणस्तर कायम गरे बापत बि.एडभान्सी सर्टिफिकेसन युकेबाट आइ.एस.ओ ९००१ : २०१५ अवार्ड प्राप्त गरेको हो । विद्यालयको इतिहास, भौतिक पूर्वाधार, आइ.सि.टि.को अवस्था, अतिरिक्त क्रियाकलाप जस्ता विषयमा समय सापेक्ष आँफूलाई परिस्कृत तथा परिमार्जित गर्दै आएको भीमसेन आदर्श माध्यमिक विद्यालयले अभिभावकहरुको गुनासो र त्यसको निरुपण, विद्यार्थीहरुको शैक्षिक उन्ययन, जीवनयोपगी सिप र गुणस्तर व्यवस्थापनमा मापदण्डहरु पूरा गरि सो अवार्ड प्राप्त गरेको हो ।![IMG_5233.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433245346_803714408439241_7406231783232501422_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=GdTYERBjWLsAX9EqZ2E&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfCRSeTYbfLqTcWxhiq2N86PM-mZic2RhghK5RutWYWn5w&oe=65F98938)
नेपालका संस्थागत विद्यालयहरुले आइ.एस.ओ. अवार्ड प्राप्त गरेपनि सामुदायिक विद्यालयले आइ.एस.ओ प्राप्त गर्ने भीमसेन पहिलो विद्यालय हो । विद्यालयमा भएगरेका विभिन्न क्रियाकलापहरुको डिजिटाइसेन, पूर्वाधारहरु सुरक्षित र बालबालिका मैत्री, शिक्षक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम साथसाथै शिक्षक कर्मचारी र विद्यार्थीहरुको पेशागत सिप विकास र क्षमता अभिबृद्धिका लागि भीमसेनले आँफूलाई सबल बनाइरहेको छ ।![IMG_5239.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433412223_803714871772528_3932538248325946231_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=0ocPLRDyduwAX9EOMKx&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfAAgBT_yXB_16PHOmnKqKQ1YWgOvU_JejbHabcMaKTZSw&oe=65FA1250)
विद्यार्थीहरु विद्यालय हातामा छिरेदेखि बाहिरिँदासम्म मात्रै नभई अतिरिक्त समयमा पनि विद्यार्थीको शैक्षिक क्रियाकलापमा निगरानी र मार्गनिर्देश गर्दै आइरहेको भीमसेनले विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री मात्रै बनाएको छैन शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप र शैक्षिक उपलब्धीलाई संस्थागत गर्दै आइरहेको छ ।![IMG_5240.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433417113_803714551772560_4045317472598767399_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=Qli7mpJq8KoAX-vqM8P&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfDCImU4AqGQ_vqebxOEQd2LhdOfukk3drljj0iOcQpfzA&oe=65F96486)
भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले प्राप्त गरेको आइ.एस.ओ अवार्ड तीन बर्षको हुनेछ । तीन वर्षपछि यसलाई पुनः नवीकरण गर्नुपर्ने हुन्छ । यद्यपि तीन वर्षभरि विद्यालयले हरेक वर्ष मापदण्डहरुको अद्यावधिक गर्नुपर्ने हुन्छ । आइ.एस.ओ अवार्ड प्रदान गर्ने संस्थाले विद्यालयले मापदण्ड कायम गरे नगरेको हरेक वर्ष अनुगमन गर्ने गर्छ ।![IMG_5281.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433278686_803715968439085_6903792838984850989_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=4kZtve0n47MAX8pSjti&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfA22EpEE2YRpdav03cyEe8d_tOJZhyUiCcd_-bLdeYqMQ&oe=65F8FFEA)
शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई आइ.एस.ओ अवार्ड प्रदान गरिएको छ । आइ.एस.ओको नेपाल प्रतिनिधि, डिलाईट ग्रुप नेपालको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने, विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाललाई आइ.एस.ओ अवार्डसँगै “लेटर अफ एप्रिसियसन”, “लेटर अफ रिकग्नाईजेसन” हस्तान्तरण गर्नुभएको थियो । अवार्ड हस्तान्तरण गर्दै लामिछानेले विद्यालयले प्राप्त गरेको उक्त अन्तर्राष्ट्रिय अवार्डलाई आगामी दिनमा निरन्तरता दिन विद्यालय परिवारले थप मेहेनत गर्नुपर्ने बताउनुभएको थियो ।![IMG_5295.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433248457_803714228439259_5226822915533280810_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=EwjWnb9S6KsAX_8dmfN&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfCcyj8pm5bHrNx9as9VgEBO43Unpviu4yz7GzGH64A9yg&oe=65F8D6C2)
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल नेपालकै पहिलो भीमसेन आदर्श नमूना मा.विलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै उहाँले शैक्षिक क्षेत्रमा भीमसेनले विगतका दिन देखि नै देवचुली नगरपालिकाको शिर उच्च राख्न सफल भएको र आगामी दिनमा पनि यसको प्रगतिको कामना गर्नुभएको थियो ।![IMG_5305.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433314119_803714261772589_6197271471303008953_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=pmnfxPC7Hm0AX846T-9&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfD7BztiVE-zRxPhyiO6_miBLJWg2pRDy5WnnWK249kf5Q&oe=65F878BC)
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्मा, विद्यालयका पूर्व प्रधानाध्यापक राम प्रसाद मरासिनी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष एवम् देवचुली वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्दै आइ.एस.ओ अवार्ड प्राप्त गर्न सफल भीमसेन मा.विलाई बधाई व्यक्त गर्नुभएको थियो ।![IMG_5312.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433254032_803717511772264_255512851238422881_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=AAoL6pFRlHMAX8yDYyF&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfC1V8lWxhShli4SC2SSo5D4Mo5e0G2fP7BdmcLi6OLD-Q&oe=65F95181)
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी लगायतको साथ र सहयोगले विद्यालयले आइ.एस.ओ अवार्ड प्राप्त गर्न सफल भएको भन्दै यसमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यस आइ.एस.ओ अवार्डलाई आगामी दिनमा निरन्तरता दिन विद्यालयले मेहेनत गर्ने बताउनुभयो ।![IMG_5245.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433285768_803718855105463_2588770812093778845_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=ZqLMnMfT84UAX8I14ZS&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfDgepBKWn1sqdhY1EFt6z-KUgTWvlW6h3LY604eMUWaEA&oe=65F9B42B)
![IMG_5352.JPG](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/433259371_803718255105523_2702990255092809781_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=Uf5fRNAoaGgAX_UoG2t&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfAThX1rnDwt143FTm6sCPxMqv7vq041DIYt_zP4YN3RqQ&oe=65F841DE)
भीमसेन आदर्श नमूना माधयमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्लस टु संयोजक कृष्ण प्रसाद काफ्लेले गर्नुभएको थियो ।