देवचुली,
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनको लागि देवचुली ४ शान्तिगैराबाट जग्गा नाप जाँच शुभारम्भ गरिएको छ । बुधबार राष्ट्रिय भूमि आयोग नवलपुर जिल्लाका अध्यक्ष तारापति खरेलको प्रमुख आतिथ्यतामा जग्गा नापजाँचको थालनी गरिएको हो । खरेलले नापी कार्यालय नवलपुरको टोलीलाई उपकरण हस्तान्तरण गरि नाँपजाँच कार्यको शुभारम्भ गरिएको थियो ।
बर्षाै देखि पूर्जा विहिन रहेका यहाँका नागरिक अब जग्गाको मालिक बन्न पाउने भएपछि हर्षित भएका छन् । जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले केही समय अगाडि पोइन्ट राखिएको जग्गाहरुको आजैबाट अमिनहरुबाट नाँपजाँच सुरु गरिएको र जग्गा नापजाँचका लागि आवश्यक पर्ने उपकरण सम्बन्धित वडाले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । उहाँले सुकुम्बासी समस्याका विषयमा नगरपालिका पहिले देखि नै संवेदनशील रहेको बताउँदै नगरपालिकाले गर्नुपर्ने काम छिट्टै सकेर भूमि आयोग नवलपुरलाई बुझाउने बताउनुभएको थियो ।![May be an image of 15 people and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/348918201_806961487683939_6955408476507241922_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=Zawfzyml2a4AX_Aic8W&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfC1jNC93ynH0p-NwVBBFy38gPIWxJYjVq8iExoZ2yy3DA&oe=64736CC1)
यसैगरि कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले देवचुली ४ बाट सुरु गरिएको जग्गा नापजाँच अन्य वडाहरुमा पनि थालनी गरिने बताउनुभएको थियो । तिवारीले नगरपालिकामा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी समस्यालाई निवारण गरि १७ वटै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितहरुलाई पूर्जा वितरण गर्ने बताउनुभएको थियो ।
![May be an image of 8 people and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/349095885_1434450293998584_5832145990050707112_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=zGQfDPDUQJgAX_a5iJT&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfAQtUAtR-33-Tlcp11g_PYBvp_V6mmVoc4LReBOrSvbuQ&oe=6472999A)
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका खरेलले पालिका तहमा ३ वटा काम गर्नुपर्ने प्रावधान रहेकोले अहिलेसम्म देवचुलीमा दुईवटा कार्य सकिएको र अब प्रमाणीकरणको कार्य सुरु भएको बताउनुभएको थियो । दुई वर्षको अवधिमा सम्पूर्ण काम सक्नुपर्ने प्रावधान रहेको हुँदा हरेक पालिकाले भदौं सम्ममा पालिकाले गर्नुपर्ने कार्य सकिए पूर्जा वितरणमा लाग्ने बताउँदै सबै तह जुटेर यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले दशैं भित्र यहाँका नागरिकहरुलाई पूर्जा वितरण गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो ।![May be an image of 8 people, temple and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/348721239_528918145938496_5713895781762471149_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=WX_CIdIQjYoAX9cwOv0&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCU7zd5iRxhEl7dMS7faQy7WIuGrTGDZUGj_Cfr7hpYHg&oe=6473281C)
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले सुकुम्बासी समस्या समाधानका निम्ति निर्वाचन भएर आएका दिन देखि नै पहिलो चिन्ताको विषय रहेको र कसरी पूर्जा वितरण गर्ने भन्ने रहेको बताउनुभएको थियो । उहाँले अन्य विकासका कार्य रोकेर भएपनि सुकुम्बासी समस्या समाधान गरि पूर्जा वितरण गर्ने प्रमुख विषय रहेकोले सम्बन्धित वडालाई आवश्यक पर्ने उपकरण खरिदका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । न्यौपानेले - नगरपालिकाको मुख्य लक्ष्य नै भूमिहीनलाई पूर्जाको मालिक बनाउने रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण प्रसाद सापकोटा, भूमि सहजीकरण समिति देवचुलीका सदस्य खिमानन्द भुसाल, स्थानीय धनबहादुर लुंगेली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।![May be an image of 7 people, people smiling and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/348690622_1168263327181788_7965399654773772103_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=QpWtNINlJRgAX_7P_Aj&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCB2FLnAMDpdNLvmObjiRwbtGMcwR9lTOMi6VtjHTzGWQ&oe=64738A95)
कार्यक्रममा देवचुली वडा नं ४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री (राम) ले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगरपालिकाका कर्मचारी शिव सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।![May be an image of 7 people and dais](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/348836806_211921968364323_1008509071425286146_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=cpCiteJOi0gAX8w66Yr&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCHk8DpXnmY4MMc0Kj0tNrmvM1Xf0giPE66dJCHeZS_Cg&oe=6473006D)
![May be an image of 5 people and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/348869147_980528652958607_5669189402613673861_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=5g_-24ShU90AX8CtH0e&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfAj91uZqJ19OauNWXFDEU2dXbAOve-S7IabS1-GcSkYPA&oe=64732819)
देवचुली नगरपालिकामा ४६२ भुमिहिन दलित ,१ हजार १४५ भूमिहीन सुकुम्बासी र २ हजार ९४२ जना अव्यवस्थित बसोबासी गरि कुल ४ हजार ४९ वटा आवेदन परेको जनाइएको छ । जसमध्ये सबैको कम्युटर इन्ट्रीको काम सकिएको छ।![May be an image of 7 people and temple](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/349079823_289767383570175_4649206333715777047_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=0debeb&_nc_ohc=R7nn4arCRtwAX-wmCKw&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfAUvgfKtsn6JfFAmPeO5S_yi-zvw-yeMG3i7BKIhW8E2g&oe=64737D36)