गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।
एनआरएनएले भवन निर्माण गरेको जग्गा भूमाफियामार्फत् खरिद भएको खुलासा भएको सन्दर्भमा अध्यक्ष भट्टको यस्तो भनाइ आएका हो।
एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो। तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए। भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो।
अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ। बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ?’
मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो। आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले बताए। ‘क्याबिनेट डिसिजन गराएरै लिएको चिज हो फेरि आवश्यक पर्यो भने क्याबिनेटमै जान्छौं’, अध्यक्ष भट्टले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो। कि उसलाई कारवाही गरेर सरकारले हामीलाई क्षतिपूर्ति दिनुपर्यो।’
एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा खरिद गरिएको बताए। अष्ट्रेलियामा सबै प्रक्रियाबाट ठीक भएको प्रमाणित भएपछि अन्तिममा हस्ताक्षर गर्ने गरेको स्मरण गर्दै आफूहरुले बालुवाटारमा जग्गा किन्दा पनि त्यही विश्वासका साथ काम गरेको बताए।
दुई दिनसम्म चलेको संघको ओसानीय क्षेत्रको बैठक ९ बुँदे निर्णय गर्दै समापन भएको छ। ३०० भन्दा बढीको सहभागिता रहेको बैठका निम्नअनुसार निर्यय गरेको छ:
१. गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलबिध्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ।
२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनातमक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो।
३. महिला शशक्तिकरण अभियानको थालनी र महिला उध्यमसिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिस्चितता गराउने निर्णय गरियो।
४. गैरआवासीय नेपाली संघले प्लयधभिमनभ ऋष्तथ र ब्अबमझथ को प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो।
५. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न AussieMed Foundation Australia / Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो।
६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरी आगामी दिनमा एस तर्फ बिशेष ध्यान दिनुका साथै एस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो।
७. आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ।
८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।
९. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ।