गोरखा
गोरखामा विभिन्न संघ संस्था तथा निजी क्षेत्रमा कार्यरत कार्यकारीहरु मिलेर कृषि फार्म संचालन गरेका छन् । जिल्लाको दश भन्दा बढी संघ संस्थाका कार्यकारीहरुले सामूहिक लगानीमा गोरखा नगरपालिका ११, तेह्र किलोमा एकिकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र संचालनमा ल्याएका हुन । एक वर्ष अघि स्थापना भएको कृषि फार्ममा अहिले १५० भन्दा वढि वाख्रा, १० वंगुर, २००० माछा, २० घार मौरी, केही तरकारी खेती, लोकल कुखुर, ब्रोइलर कुखुरा, हाँस पालन भईरहेको छ ।
करिव तीस रोपनी क्षेत्रफलमा फैलीएको फार्ममा डेढ करोडको भन्दा बढी लगानी गरिएको फार्मका संचालक हरि देवकोटाले बताए । फार्मले दश वर्षको लागि करिव ८० रोपनी जमिन भाडामा लिएको छ भने ७ रोपनी जग्गा आफैले खरिद गरेको छ ।
एकिकृत कृषि फार्मको रुपमा विकास गरिएको फार्म वारे कुरा गर्दा फार्मका संचालक तथा अध्यक्ष हरि देवकोटाले अहिले परिक्षणकालमा भएका कारण पनि व्यवसायको संख्या धेरै भएको वताए । “फार्म स्थापना भएको डेढ वर्ष मात्र भयो । हामीलाई के के व्यवसायलाई एकीकृत गर्न मिल्छ । यहाँको हावापानीमा के–के व्यवसाय फस्टाउँछ भन्ने जानकारीको लागि पनि धेरै व्यवसाय सुरु गरेको थियौ । अव करिव करिव हामीलाई थाहा भएको छ । यसैको आधारमा आगामी दिनमा हामी केही व्यवसायलाई हटाई वाँकी व्यवसायको विस्तारको योजना वनाउछौ ।”
त्यस्तै आफ्नो आम्दानीको नियमित श्रोतको खोजी तथा अरु व्यक्तिहरुलाई पनि उदाहरण दिनको लागि पनि कृषि फार्म लगानी गरेको देवकोटाले वताए । त्यसै गाँउगाँउमा धेरैलाई कृषि गर्न अनुरोध गरियो । संस्थागत तवरले धेरै लगानी पनि भए तर सोचे जति प्रतिफल लिन नसकेपछि कृषिको वास्तविक पिर मर्का र अनुभव लिनको लागि पनि कृषि फार्ममा लगानी गरेको फार्मका अर्का संचालक सीताराम श्रेष्ठले वताए ।
कृषि फार्मबाट अहिले वार्षिक १५० जति पाठापाठी विक्री वितरण हुने गरेका फार्मको व्यवस्थापक किशेर खड्काले वताए । फार्मले यो वर्षवाट वार्षिक १५० देखि २०० वटा उन्नत जातको वाठापाठी विक्री गर्न सकिने उनले वताए । हाल फार्ममा वोयर तथा खरी जातको वाख्राहरुको क्रस गराई पाठापाठी निकालिएको कारण पनि पाल्नको लागि अत्यन्तै उपयोगी हुने उनले वताए ।
अर्का संचालक इश्वर ढकालको अनुसार गोरखामा उत्पादन भएको लोकल तथा ताजा उत्पादनलाई काठमाण्डौमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको छ । काठमाण्डौमा अहिले पनि भारतबाट आयातित तरकारीहरु तथा माछा मासु खानु परेको छ यदि हामी आफैले काठमाण्डौमा आउटलेट खोल्न सकेमा स्थानीय अन्य उत्पादनहरु उत्तरी गोरखाको आलु, सिमी, फापर, सिलाम, मह, कोदो, सुन्तला जस्ता उत्पादनले समेत फाइदा लिन सक्ने उनले वताए ।
फार्मको एक वर्षको मिहिनेतमा सन्तोष गर्न सकिने अवस्था रहेको अर्का संचालक तिलोत्तम पौडेलले वताए । उनका अनुसार कतार, साउदी अरव तथा मलेसिया लगायत देशमा पनि नेपाली उत्पादन पठाउनको लागी विभिन्न व्यक्तिसंग छलफल भइरहेको बताए ।
फार्मलाई सनिवार एक विशेष कार्यक्रम विच गण्डकी प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगरले उद्घाटन गर्नु भएको छ ।