देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा अन्तरगत चौथो दिनको इकाई साधारण सभा आज बुधबार सम्पन्न भएको छ। साकोसले इकाई ४ तर्फ रहेका नवप्रगति सेवाकेन्द्र, पृथ्वी सेवाकेन्द्र र पिठाैली सेवाकेन्द्रका शेयर सदस्यहरूको उपस्थितिमा जनज्योति आदर्श बहुमुखी क्याम्पस देवचुली-१५ प्रगतिनगरको सभाहलमा इकाई साधारण सभा सम्पन्न गरेको छ।

साकोसका अध्यक्ष तुलमणि पौडेलको अध्यक्षता रहेको भेलामा अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन ,सचिव डिलाराम पाण्डेले सचिवको प्रतिवेदन , कोषाध्यक्ष जगन्नाथ अर्यालले आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका तर्फबाट समितिका संयोजक सुरेन्द्र रिजालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको भेलामा पेश गरिएका विभिन्न प्रतिवेदन संगै संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले प्रस्तुत गर्नुभएको साधारण सभाका अन्य प्रस्तावहरू समेत सभाले निर्णयार्थ पारित गरी निर्णय प्रमाणीकरण सभाका लागि पठाउने निर्णय समेत गरेको छ।

पृथ्वी सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक राधा देवी न्यौपानेको स्वागत मन्तब्य रहेको भेलालाई ज्येष्ठ शेयर सदस्य टिकाराम गोतामे र साकोसका अध्यक्ष पौडेलले संयुक्त रूपमा उद्घाटन गरिएको थियो।
आज सम्पन्न इकाई साधारण सभाबाट निर्णय प्रमाणीकरण सभाका लागि आवस्यक ३८ जना प्रतिनिधि छनोट गरिएको थियो भने सभामा उपस्थित शेयर सदस्यहरूको सम्मानको लागी गोलाप्रथा मार्फत बिजेता हुनुभएका सदस्य लाई उपहार समेत वितरण गरेको थियो।

पारदर्शी टोकन प्रणालीमार्फत गरिएको गोलाप्रथामा सदस्यता नं. १९८७९ की भिम कुमारी सुनारीले एक थान इलेक्ट्रिक जग , सदस्यता नं. १५४८ की शोभा सुवेदीले एक थान इलेक्ट्रिक जग, सदस्यता नं. ५८९७ की शान्ति पौडेलले एक थान प्रेसर कुकर, सदस्यता नं. ७८१ का खगेश्वर न्यौपानेले एक थान घडी, सदस्यता नं. २०८४२ की हिरा कुमारी सारुले एक थान घडी,सदस्यता नं. ४४१३ की अनिता पोखरेलले एक थान प्रेसर कुकर, सदस्यता नं. २४८६६ का राज कुमार श्रेष्ठले एक थान प्रेसर कुकर , सदस्यता नं. ३४२९ की आशा माया रानाभाटले एक थान इलेक्ट्रिक जग, सदस्यता नं. ३८६५ की सरु जि.सि कुँवर ले एक थान घडी, सदस्यता नं. ७४३९ की रोशनी भुसाल बरालले एक थान घडी प्राप्त गरेका छन्।
