देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा अन्तरगत तेस्रो दिनको इकाई साधारण सभा आज बुधबार सम्पन्न भएको छ। साकोसले इकाई ३ तर्फ रहेका परोपकार सेवाकेन्द्र, दिव्यपुरी सेवाकेन्द्र, शुभकामना सेवाकेन्द्र र देवचुली सेवाकेन्द्रका शेयर सदस्यहरूको उपस्थितिमा सहारा पार्टी प्यालेस दलदलेको सभाहलमा इकाई साधारण सभा सम्पन्न गरेको छ।

साकोसका अध्यक्ष तुलमणि पौडेलको अध्यक्षता रहेको भेलामा अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन ,सचिव डिलाराम पाण्डेले सचिवको प्रतिवेदन , कोषाध्यक्ष जगन्नाथ अर्यालले आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका सदस्य अन्जु लुइँटेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको भेलामा पेश गरिएका विभिन्न प्रतिवेदन संगै संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले प्रस्तुत गर्नुभएको साधारण सभाका अन्य प्रस्तावहरू समेत सभाले निर्णयार्थ पारित गरी निर्णय प्रमाणीकरण सभाका लागि पठाउने निर्णय समेत गरेको छ। परोपकार सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक क्या. शेर बहादुर के.सीको स्वागत मन्तब्य रहेको भेलालाई ज्येष्ठ शेयर सदस्य हरिकला चपाइ जैसी र साकोसका अध्यक्ष पौडेलले संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

आज सम्पन्न इकाई साधारण सभाबाट निर्णय प्रमाणीकरण सभाका लागि आवस्यक ३८ जना प्रतिनिधि छनोट गरिएको थियो भने सभामा उपस्थित शेयर सदस्यहरूको सम्मानको लागी गोलाप्रथा मार्फत बिजेता हुनुभएका सदस्य लाई उपहार समेत वितरण गरेको थियो।

पारदर्शी टोकन प्रणालीमार्फत गरिएको गोलाप्रथामा सदस्यता नं. १५३६६ का राज देव शाह कानुले एक थान प्रेसर कुकर, ३७२४ का मधुबिलाश अधिकारीले एक थान प्रेसर कुकर,सदस्यता नं. २७६१ की माया देवी बस्ताकाेटीले एक थान घडी, सदस्यता नं. ५८०१ की बसुन्धरा तिवारीले एक थान घडी, सदस्यता नं. १०५४० कि तुलसी भण्डारीले एक थान घडी,सदस्यता नं. १८५०३ कि सरस्वती काफ्लेले एक थान घडी, सदस्यता नं. ७३५२ की हरिकला चपाइ जैसीले एक थान इलेक्ट्रिक जग, सदस्यता नं. १४३५ का सुरज भुसालले एक थान इलेक्ट्रिक जग,सदस्यता नं. ८९६६ कि बिना कुमारी तिवारीले एक थान इलेक्ट्रिक जग, सदस्यता नं. १७० का राजु सुवेदीले एक थान प्रेसर कुकर प्राप्त गरेका छन्।