देवचुली
देवचुली माध्यमिक विधालय देवचुली १६ को ५४ औँ वार्षिकोत्सव एक कार्यक्रम गरि मनाइएको छ। विधालय व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

विधालय व्यवस्थापन समितिका सदस्य तथा पढ्दै कमाउँदै कार्यक्रमका संयोजक राम चन्द्र ठकुरी तथा बिधार्थी दीक्षा कंडेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा विधालयका पुर्व अध्यक्ष ललित बहादुर बोहोरा , सल्लाहकार सदस्य उदयराज अधिकारि , शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ , देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तब्य क्रममा वक्ताहरुले विधालयले हाल सम्म गर्दै आएका राम्रा अभ्यासहरुलाई निरन्तरता दिँदै थप उचाई प्राप्त गरोस भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। विधालयका प्रधानाध्यापक विश्वराज पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विधालयले गरेका कार्य तथा सफलाताहरुको जानकारी गराउंदै भावी योजनाहरुको जानकारी गराउनुभएको थियो।

विधालयको वार्षिकोत्सवको अवसर पारी एसईई तथा कक्षा ८ को नगर स्तरिय परिक्षामा सत प्रतिशत विधार्थी उत्तीर्ण गराउन सफल उत्कृष्ट शिक्षक , विभिन्न परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल उत्कृष्ट विधार्थीको साथमा उत्कृष्ट अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो। यो संगै बिभिन्न अक्षयकोषबाट प्राप्त ब्याजबाट विधालयका विधार्थीहरुलाई छात्रवृति वितरण समेत गरिएको थियो । विधालयका शिक्षकद्वय कुल प्रसाद पौडेल र सावित्री खरेलले सहजीकरण गर्नुभएको कार्यक्रममा विधार्थी तथा शिक्षकहरुको नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहेका थिए।

नगर प्रमुखद्वारा विभिन्न भवन उद्घाटन
विधालयको वार्षिकोत्सवको अवसर पारेर विधालयमा निर्मित विभिन्न भवनको उद्घाटन गरिएको छ। देवचुली नगरापलिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा नगरपालिकाको सहयोगमा निर्मित चार कोठे भवन , विधालय भवन ट्रस्ट र विधार्थी खाजा घरको साथमा विधालयको आन्तरिक स्रोतबाट निर्मित मन्टेश्वरी खेलघरको उद्घाटन गरिएको हो। विधालय परिसरमा निर्मित विभिन्न संरचनाहरु विधालयको लागि नै पूर्ण रुपमा प्रग्योग गरिने विधालय जनाएको छ।