देवचुली,
देवचुली नगरपालिकाका हन प्रतिनिधी र अगुवा कृषकहरूलाई गड्यौला मलको प्रयोग र प्राङ्गारिक खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ। दिगो र माटो–मैत्री खेतीतर्फ प्रवाहित गर्ने उद्देश्यले देवचुली उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता रहेको तालिममा सहभागीहरूलाई गड्यौला मल उत्पादन गर्ने विधि, यसको कृषिमा प्रभावकारी प्रयोग, र प्राङ्गारिक (अर्गानिक) खेतीका लाभहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रशिक्षक द्वय एससीएफ नेपालका सन्तोष कार्कीले गड्यौला मल सम्बन्धि र संघका अध्यक्ष भुसालले कृषिमा विषादीको प्रयोग र यस्को प्रभाव बारे प्रशिक्षण दिनुभएको थियो।

संघका बरिष्ठ उपाध्यक्ष बिनोद सिलवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा एससीएफ नेपालको सह आयोजना एवं प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा नगर प्रमुख न्यौपानेले उद्योग–व्यापार, कृषि तथा पर्यटनको समन्वयमार्फत समृद्ध नगर निर्माणको लक्ष्यलाई अघि बढाउने उद्देश्यले यस्तो तालिम अत्यन्त प्रभावकारी हुने बताउनुभएको थियो।

संघका कार्यसमिति सदस्य दुर्गा भुसालको धन्यवाद मन्तब्य रहेको तालिममा नगर प्रवक्ता तिल प्रसाद काफ्ले , प्रगतिनगर खानेपानी संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल लगायतले आफ्नो भनाई राख्नुहुँदै स्ता कार्यक्रमले कृषकको सीप, ज्ञान र उत्पादन क्षमतामा ठूलो योगदान पुर्याउने बताउनुभएको थियो।

देवचुली नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्ष , प्रतयेक वडाका अगुवा कृषकहरुको उपस्थिति रहेको तालिमलाई संघका महा सचिव तिलादेवी न्यौपानेले सहजीकरण गर्नुभएको थियो।