देवचुली ,
८ दिन सम्म संचालन हुने अखिल नेपाल देशीय चतुर्थ वेदान्त भक्ति सम्मेलन तथा श्रीमद्भागवत धनधन्याञ्चल ज्ञान महायज्ञमा दैनिक रुपमा पूर्वनिर्धारित कार्यक्रमहरु नियमित रुपमा संचालन भइरहेका छन्।
सोहि क्रममा आज चौथो दिन नारायणगढबाट आउनुभएका बिमलानन्द सरस्वति महाराजजीले अमृत बाणी सहित कथा बाचन गर्नुभएको थियो। पशुपति वैदिक आश्रम देवचुली १५, प्रगतिनगरमा संचालित महायज्ञमा दाताहरुले सक्दो सहयोग गर्ने क्रम समेत जारि रहेको छ।
आज मात्र धान संग संकलन भएको रकम तथा देवचुली १५ निवासी पूर्ण लम्सालबाट १ लाख ५ हजार ५ सय ५५ , देवचुली १ केउरेनिबाट लेखनाथ घिमिरे र हिमा घिमिरेबाट ५१ हजार सहित अन्य दाताबाट गरि करिब ७ लाख बराबरको रकम संकलन भएको यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ जैसीले जानकारी दिनुभएको छ।
महायज्ञमा हरेक दिन बिहान ७ बजे बाट ११ बजे सम्म नियमित पाठ परायण , दिउसो १२ बजे देखि साँझ ४ : ३० सम्म श्रीमद्भागवत कथा प्रवचन , प्रत्यक दिन साँझ ५ बजे सम्म आरति ,पुष्पान्जली तथा प्रसाद ग्रहण तथा सांझ ७ बजे देखि ९ बजे सम्म सायंकालिन भजनकिर्तन लगायतका कार्यक्रमहरु भइरहेका छन्।
यज्ञ सम्पादन मूल समितिका सचिव जैसीका अनुसार आज अन्तराष्ट्रिय ब्राह्मण समाज काठमाण्डौ देखि ४२ जनाको टोलि सहित गैंडाकोट देखि चोरमारा सम्मका भक्तालु सहित स्थानिय विभिन्न बिधालयका विधार्थीहरुको उपस्थिति रहेको थियो। यस महायज्ञले आश्रमको विकास, वैदिक परम्पराको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लीइएको छ भने यज्ञ अवधिभर भूमिदान, तुलादान, रुद्राभिषेक, चौरासी पूजा, ग्रहपूजन, व्रतबन्ध र हवनजस्ता याज्ञिक विधिहरू निरन्तर सञ्चालन भइरहेका छन्।
आज महायज्ञमा देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपाने , नगर प्रवक्ता तथा बिभिन्न वडाका अध्यक्षहरु सहित प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिको उपस्थिति रहेको थियो ।