देवचुली
देवचुली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले शेर बहादुर केसीको सभापतित्वमा नगर समिति सर्वसम्मत गठन गरेको छ। यो संगै उप सभापतिमा दुर्गा प्रसाद पौडेल , सचिवमा कुल प्रसाद लामिछाने , कोषाध्यक्षमा प्रमिला वस्ताकोटी , सह सचिवमा देवी प्रसाद दवाडी तथा सदस्यहरुमा भवानी प्रसाद तिवारी , नेत्र बहादुर शाही , टंक प्रसाद अधिकारि , सबिता वास्तोला , बिन्दु कोइराला दाहाल , अन प्रसाद भण्डारी , राजु परियार , रमेश प्रसाद भुर्तेल , प्रतिज्ञा पौडेल र भीम बहादुर श्रेष्ठ लगायतका रहेका छन्।
जिल्ला अधिवेशन प्रतिनिधिमा हिरा न्यौपाने , टेक बहादुर क्षेत्री र रमेश भुर्तेल सहित महाधिवेशन प्रतिनिधिमा सिद्धार्थ क्षेत्री र राजेन्द्र श्रेष्ठ तथा प्रदेश महाधिवेशन प्रतिनिधिमा सुमन अधिकारि र विष्णु प्रसाद पौडेल चयन भएका छन्।
कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल प्रमुख अतिथिको रुपमा रहेका थिए भने विशिष्ट अतिथिको रुपमा केन्द्रिय सचिवालय सदस्य हरि ढकाल , केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सभापति राजन गौतम लगायतका रहेका थिए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालको पछिल्लो राजनीतिक गतिविधि माथि चियो चर्चा गर्दै नव गठित नगर समितिलाई सफल कार्यकालको शुभाकामना दिएका थिए।