देवचुली
देवचुली १३ दलदलेमा रहेको निशान इलेक्ट्रोनिक्स पसल तथा निशान मोबाइल एन्ड वाच सेन्टरले गत हप्ता सार्वजनिक गरेको वार्षिक पुरस्कार योजनाका बिजेताहरुलाई पुरस्कार वितरण गरेको छ।
पसलले आज सोमबार एक कार्यक्रमको आयोजना गरि बम्पर उपहारको टिभिएसको स्कुटर प्राप्त गर्ने देवचुली १ की माया बिक सहित देवचुली १२ का पदमराज शर्मालाई रेफ्रिजरेटर , देवचुली १४ की उमादेवी आले मगर र भूमिका दर्लामीलाई राइस कुकर सहित वार्षिक पुरस्कार योजना अन्तर्गत देवचुली ४ की समिना नेपाली, देवचुली १३ की ग्रीष्मा गाहा र देवचुली १० की अनिता रानालाई आइरन प्रदान गरिएको छ।
यो संगै देवचुली १४ का यमबहादुर थापा, देवचुली १५ की पार्वती सापकोटा, देवचुली ११ की सरस्वती बिक, देवचुली १२ का उमाकान्त भुर्तेल र देवचुली १३ का सुदीप धिमाललाई एयरबड र देवचुली १३ की प्रणवी गौतम, देवचुली ५ की चन्द्रकुमारी श्रेष्ठ, देवचुली ६ की जुना विश्वकर्मा, देवचुली ३ का उदयराज बिष्ट र देवचुली ५ का सुरज कुमाललाई तथा बुलिङटार ४ का देवप्रसाद आले, देवचुली ६ का लोकबहादुर चितौरे, देवचुली ७ की हेमा थापा, देवचुली १४ की हिराकुमारी आले र देवचुली १४ का गोविन्द ढकाललाई किप्याड मोबाइल वितरण गरिएको छ।
आज सोमबार २२ जना भाग्यशाली बिजेताहरुलाई निशान इलेक्ट्रोनिक पसलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको पसलका सञ्चालक निशान थापाले जानकारी दिनुभयो। यस्ता कार्यक्रमले ग्राहक र संचालकको संबन्ध मजबुत हुने भएकाले यसलाई निरन्तरता दिइएको समेत सञ्चालक निशान थापाले बताउनुभयो।